Hamro Patra
भलिवल र ब्याडमिन्टन प्रतियोगिता सुरु
Khadga Memorial And Janajagriti

टीकापुर, २२ चैत
जानकी गाउँपालिका ८ नं. वडा कार्यालयको आयोजनामा आजदेखी भलिवल र ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

ती दुवै प्रतियोगिताको एक समारोहकाबीच जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरीले उद्घाटन गरेका छन । वडाध्यक्ष डम्मर थारुको सभापतित्वमा भएको उद्घाटन समारोहको सञ्चालन खेल प्रशिक्षक विष्णु भाटले गरेका थिए ।

दुवै प्रतियोगितामा महिला र पुरुष टिमको सहभागिता रहेको छ । भलिवलतर्फ पुरुषका ११ र महिलाका ३ टिम सहभागी छन भने ब्याडमिन्टनतर्फ पुरुषका १६ र महिलाका १२ टिम सहभागी छन । प्रतियोगिताको फाइनल खेल पर्सी आइतवार हुने खेल प्रशिक्षक भाटले जानकारी दिएका छन ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update