Hamro Patra
६२ औं राष्ट्रिय सहकारी दिवस मनाईयो
सहकारी दिवसका अवसरमा सम्बोधन गर्दै टीकापुर नगरपालिका प्रमुख तपेन्द्र बहादुर रावल

 

टीकापुर, २० चैत 

Khadga Memorial And Janajagriti

‘दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’ भन्ने नाराका साथ आज टीकापुरमा समेत ६२ औं राष्ट्रिय सहकारी दिवस मनाईएको छ । टीकापुर नगरपालिका सहकारी संघको अगुवाईमा राष्ट्रिय सहकारी दिवस मनाईएको हो । दिवसका अवसरमा टीकापुर अस्पतालका बिरामीहरुलाई फलफूल र जुस वितरण गरिएको थियो । त्यस्तै प्रभातफेरीको आयोजना पश्चात टीकापुर नगरपालिकामा सभाको आयोजना समेत गरिएको थियो ।

संघका अध्यक्ष बद्रीप्रसाद भट्टराईको सभापतित्वमा भएको सभामा टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावल प्रमुख अतिथि र उपमेयर केशरी रावल बिष्ट विशिष्ट अतिथि रहेका थिए । सभामा वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्य, धनसिँह साउँद, प्रेमप्रसाद भट्टराई, कला बिष्ट, नैनसिँह बम लगायतले बोलेका थिए । सो कार्यक्रममा टीकापुर नगरपालिकामा रहेका सबै सहकारीको सहभागिता रहेको थियो । दिवस मनाउन टीकापुर नगरपालिकाले सहयोग गरेको थियो ।

त्यस्तै दिवसकै अवसरमा जिल्ला बचत तथा ऋण सहकारी संघ कैलालीले बर्दगोरीया गाउँपालिकास्थित सहारा घरलाई खाद्यान्न सहयोग गरेको छ । सहारा घरमा सडक जीवन बिताईरहेका ४० जनालाई स्थानीय बलबहादुर बिष्टले पाल्दै आएका छन । संघका अध्यक्ष शिवा थापाको अगुवाईमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको थियो । संघले चामल, दाल, तेल लगायत खाद्यान्न सामाग्री सहयोग गरेको छ ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update