Hamro Patra
वर्षाका कारण अंक बाँड्दै नेपाल सेमिफाइनलमा

काठमाडौं, बैशाख ११

अविरल वर्षाको कारण एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबले अंक बाँडेका छन्। समूह ए मा रहेका नेपाल र साउदीले माथिल्लो मूलपानी मैदानमा आआफ्नो तेस्रो खेल खेल्ने तय थियो ।

Khadga Memorial And Janajagriti

तर, वर्षा नरोकिएपछि खेल हुन सकेन। साढे १० बजे पानी रोकिएपछि मूलपानी क्रिकेट मैदानमा ढाकिएको पिचको कभर हटाइएको थियो। यता, आउट फिल्ड सुपर सापरले सुकाइएको थियो । तर, साढे ११ बजेपछि पुनः पानी पर्न थालेपछि पिच कभरले ढाकिएको थियो ।

खेलका लागि नियमित समय अनुसार टस ८ः ३० मा हुनुपर्ने हो। र, खेल ९ बजेबाट शुरू हुनुपर्ने थियो। तर, वर्षाको कारण टस नै हुन सकेन। खेल रद्द हुने भएपछि नेपाली टोलीका सम्पूणर् खेलाडी मैदानमा उपस्थित दर्शकसँग फोटो खिचेर बाहिरिएका थिए ।

समूह ए मा नेपालले लगातार दुई खेल जितेको थियोे। नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको थियो ।

यता, साउदीले पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियोे। दोस्रो खेलमा साउदीले कतारलाई ७ विकेटले पराजित गरेको थियोे।

शीर्ष स्थानमा रहेको नेपालको ३ खेलबाट ५ अंक रहेको छ। साउदी ३ अंकसहित तेस्रो स्थानमा छ। नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपालले अन्तिम खेल बिहीबार कतारसँग खेल्ने छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update