Hamro Patra
नेपालको कीर्तिमानी जीत

टीकापुर, बैशाख ८

एसीसी प्रिमियर कपमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ ।

Khadga Memorial And Janajagriti

नेपालले दिएको ३ शय ११ रनको लक्ष्य पछ्याएको ओमानले २ शय २६ रन मात्र बनाउन सक्यो । ४६.३ ओभरमा नवौं विकेट गुमाएको ओमानका अन्तिम ब्याट्सम्यान घाइते भएका कारण क्रिजमा आउन सकेनन् र नेपाल विजयी भयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशल मल्लको शतक र सोमपाल कामीको अर्धशतकको मदतमा कीर्तिमानी ३ शय १० रन बनाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update