Hamro Patra
गाउँपालिकाले गर्यो तीन विद्यालय समायोजन

टीकापुर, बैशाख ६

कैलालीको जानकी गाउँपालिकाले यसै शैक्षिक सत्रदेखि लागु हुने गरी पालिकाका विभिन्न तीन वटा विद्यालयलाई समायोजन (मर्ज) गरेको छ । गाउँ कार्यपालिकाको मंगलबार सम्पन्न बैठकले पालिकाका तीन वटा विद्यालयलाई समायोजन गर्ने निणर्य गरेको हो ।

बैठकले वडा नं. मा रहेको गायत्री आधारभूत विद्यालयलाई जनता नमूना माध्यमिक विद्यालयमा समायोजन गरेको छ । त्यस्तै वडा नं. ९ को बिन्ध्येबासिनी आधारभूत विद्यालयलाई जनता आधारभूत विद्यालय र वडा नं. ९ कै कालिका आधारभूत विद्यालयलाई राष्ट्रिय मा.वि. पाताभारमा समायोजन गर्ने निणर्य गरेको हो ।

Khadga Memorial And Janajagriti

कार्यपालिकाको बैठकले पालिकाका भित्रका विभिन्न सात वटा विद्यालयको तह समेत मिलान गरेको छ ।

बैठकले वडा नं. ९ मा रहेको कक्षा १० सम्म सञ्चालित राष्ट्रिय मा.वि.लाई कक्षा ८ सम्मको आधारभूत तह, वडा नं. ५ मा रहेको कक्षा ८ सम्म सञ्चालित राष्ट्रिय आधारभूत विद्यालयलाई कक्षा ५ सम्मको आधारभूत तहमा झार्ने निणर्य गरेको हो ।

त्यस्तै कार्यपालिका बैठकले जानकी २ मा रहेको कक्षा ८ सम्म सञ्चालित राष्ट्रिय आभारभूत विद्यालयलाई कक्षा ५ सम्म, कक्षा ८ सम्म सञ्चालित कालिका आधारभूत विद्यालयलाई ५ सम्म तह घटुवा गर्ने निणर्य गरेको हो ।

त्यस्तै बैठकले वडा नं. ३ मा कक्षा ५ सम्म सञ्चालित बालमुक्ति आधारभूत विद्यालय र गौरीशंकर आधारभूत विद्यालयलाई कक्षा ३ सम्म र वडा नं. ६ मा कक्षा ५ सम्म सञ्चालित कालिका प्रा.वि.लाई कक्षा ३ सम्म सञ्चालन गर्ने गरी तह घटुवा गरेको हो ।

विद्यार्थी संख्या, भौतिक पूर्वाधार, शिक्षकहरुको दरबन्दी, विद्यालय-विद्यालय बिचको दुरीका लगायतका आधारमा विद्यालय समायोजन तथा तह मिलान गरिएको गाउँपालिका अध्यक्ष गणेश चौधरीले बताए ।

‘शिक्षा ऐनमा भएको व्यवस्था अनुसार कक्षागत संख्या, नजिकमा रहेका विद्यालयको दुरी, शिक्षक दरबन्दी जस्ता आधारमा हामीले समायोजन र तह मिलान गरेका हौं’ अध्यक्ष चौधरीले भने ‘अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय सरकारका लागि यो निणर्य निकै चुनौति छ ।’

अध्यक्ष चौधरीले हाललाई बाल विकास कक्षा भने सोही विद्यालयहरुमा सञ्चालन गरिने बताए । ‘यो वर्ष बालविकास कक्षा तिनै विद्यालयहरुमा सञ्चालन हुन्छ, यसमा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले मेहनत गरे अर्को वर्ष कक्षा वृद्धि गर्न सकिन्छ, होइन भने अर्को वर्षदेखि समायोजन भएका विद्यालय पूणर् रुपमा बन्द हुन्छन्’ अध्यक्ष चौधरीले भने ‘त्यसकारण गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारलाई, अभिभावकलाई र शिक्षकहरु सबैलाई निकै चुनौति छ ।’

गाउँपालिकाले सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि गर्नका लागि समायोजन र तह मिलान गरेको अध्यक्ष चौधरीले बताए ।

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update