Hamro Patra
नहरमा डुबेर बालकको मृत्यु

प्रकाश कुमार
टीकापुर, साउन १५ 

कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका वडा नं. २ बस्ने एक बालकको नहरमा डुबेर ज्यान गएको छ ।

Khadga Memorial And Janajagriti

स्थानीय नरपति कामीका १४ वर्षीय छोरा दिनेश कामीको नहरमा डुबेर मृत्यु भएको हो ।

स्थानीय कुम्भीया तिरुवा नहरमा नुहाउन गएका दिनेशको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले बताए । मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

कैलालीमा गर्मी बढेसँगै नदी, नाला र कुलाहरुमा बालबालिकाहरु नुहाउने गरेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १५, २०७६  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update