Hamro Patra
विप्लवद्वारा बौनियामा चारजनाको झण्डै ४४ विगाह जग्गा कब्जा

टीकापुर, साउन १५
विप्लव नेतृत्वको नेकपाका कायकर्ताले कैलालीको बर्दगोरीया गाउँपालिकामा विभिन्न व्यक्तिको झण्डै ४४ विगाह जमिन कब्जामा लिएको छ । सो जग्गा यसअघि तत्कालिन माओवादी द्वन्द्वका क्रममा समेत कब्जामा लिर्र्ईएको थियो ।

पार्टीको संगठन जनपरिषदले ती जग्गामा व्यानर टाँसेर कब्जा गरेको जनाइएको छ । बर्दगोरिया जनपरिषद प्रमुख अनुकुलको नेतृत्वमा ती जमिन कब्जा गरिएको बताईएको छ ।

Khadga Memorial And Janajagriti

पार्टीले स्थानीय राजेन्द्र मल्ल र वीरबहादुर मल्लको ३५ विघा जमिन र घर, देवबहादुर मल्लको ८ विघा जमिन र घर तथा सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको १७ कठ्ठा जमिन कब्जा गरेको छ ।

माओवादीले कब्जा गरेको जग्गा दलाल र भूमाफिया मिलेर बिक्री वितरण गरिरहेको आरोपमा जग्गा कब्जा गरिएको जनाइएको छ ।

घरजग्गामा टाँसिएको व्यानरमा सो जग्गा बिक्री वितरणमा संलग्नलाई भौतिक रुपमा कारवाही गरिने उल्लेख छ ।

कैलालीका प्रहरी प्रवक्ता डिएसपी दक्ष बस्नेतले घटनाका बारेमा जानकारी नभएको बताए । उनले प्रहरी टोली परिचालन गरिएको बताए ।

कैलालीमा विप्लव नेतृत्वको नेकपाले जग्गा कब्जा गर्न थालेपछि स्थानीयहरु त्रसित बनेका छन् ।

त्यसैगरी बर्दगोरिया गाउँपालिका वडा नं. ५ को कार्यालयमा आगजनी भएको छ । वडा कार्यालयको बाहिर कालो धुँवा लागेको र जलेको अवस्थामा प्लाष्टिकको बोत्तल फेला परेको डिएसपी बस्नेतले जानकारी दिए । उनले घटना कस्ले घटाएको हो भन्ने बारेमा अनुसन्धान भैरहेको बताए ।

प्रकाशित मिति: बुधबार, साउन १५, २०७६  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update