Hamro Patra
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


परमानन्द पाण्डे
टीकापुर, १४ साउन
कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको ज्यान गएको छ । डुँडेझारीबाट टीकापुरतर्फ आउने क्रममा भएको दुर्घटनामा परी लम्की चुहा नगरपालिका वडा नं. ३ चिसापानीका १९ वर्षीय पुरन साउँदको ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार से.५प. ८७०५ नम्बरको मोटरसाइकल सडकबाट चिप्लिएर दुर्घटना भएको थियो । सो मोटरसाइकलमा तीन जना सवार रहेका थिए ।

Khadga Memorial And Janajagriti

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले दुर्घटनामा परी १९ वर्षीय योगेश मल्ल र लम्कीका १६ वर्षीय चालक सौगात पौडेल सामान्य घाइते भएको बताए ।

घाइतेहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । मृतक साउँदको शव समेत टीकापुर अस्पतालमै राखिएको छ । साउँदको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: मंगलबार, साउन १४, २०७६  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update