Hamro Patra
टीकापुर क्याम्पसलाई दोस्रो पटक क्यूएए

टीकापुर, साउन १०
टीकापुर बहुमुखी क्याम्पसले शुक्रवार दोस्रो पटक क्यूएए प्राप्त गरेको अवसरमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा

क्याम्पस प्रमुख केशरबहादुर कुँवरले क्याम्पसले पुनः दोस्रो पटक विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त गरेको जानकारी दिए ।

Khadga Memorial And Janajagriti

सुदूरपश्चिम प्रदेशबाट दुईवटा क्याम्पसले मात्रै क्यूएए प्राप्त गरेका छन । जसमा अर्को धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस रहेको छ । दुईवटै क्याम्पस क्यूएएको दोस्रो चरणमा प्रवेश गरेका छन ।

आयोगले एक समारोहकाबीच साउन ७ गते क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान गरेको छ । यो प्रमाणपत्र पाँच वर्षका लागि दिईन्छ । यसअघि क्याम्पसले २०७० चैत ७ गते पहिलो पटक क्यूएए प्रमाणपत्र प्राप्त गरेको थियो ।

कार्यक्रममा बोल्दै संस्थापक क्याम्पस प्रमुख प्रा.डा. जगतबहादुर सिँह रावलले टीकापुरबासीका लागि गर्वको विषय भएको बताए । उनले क्यूएए प्राप्त क्याम्पसबाट उत्तीर्ण विद्यार्थी अन्य क्याम्पसबाट उत्तीर्ण भएको विद्यार्थी भन्दा अब्बल हुने मात्रै नभई कुनै अवसर प्राप्त गर्ने क्रममा प्राथमिकतामा पर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update