Hamro Patra
नदीमा डुबेर दुईजनाको मृत्यु

टीकापुर, साउन ८
कैलालीको सुखड र गुलरामा नदीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका–१ बेलारगाउँस्थित सुक्तिकाँडा नदीमा डुबेर नवराज न्यौपाने (१६) को मृत्यु भएको छ । उनी दैलेखको चामुण्डा विन्दासैनी नगरपालिका–८ घर भई बेलारगाउँ आफन्तको घरमा आएको प्रहरी निरिक्षक यक्ष जोशीले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

प्रहरीका अनुसार साथीहरुसँग नदीमा नुहाउन गएका न्यौपाने दिउसो साढे ३ बजेतिर डुबेका थिए ।

यता लम्कीचुहा नगरपालिका–६ गुलराकी १५ वर्षीया कल्पना चौधरीको स्थानीय चरेला नदीमा डुबेर मृत्यु भएको छ । उनी बिहान ८ बजे हराएकी थिईन भने दिउसो ४ बजे मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक सुरेन्द्र जैशीले जानकारी दिए ।

चुरेबाट बग्दै आएका विभिन्न खोलामा डुबेर वर्षेनी कपितय व्यक्तिले ज्यान गुमाउने गरेका छन ।

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update