Hamro Patra
पाँच क्रिकेट खेलाडीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने

टीकापुर, चैत्र ४

आइसीसी विश्वकप क्रिकेट लिग-२ एकदिवसीय प्रतियोगितामा नेपालले जित हासिल गरेपछि सुदूरपश्चिम प्रदेश सरकारले खेलाडीलाई नगद पुरस्कार दिने भएको छ । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने खेलाडीहरुलाई प्रदेश सरकारले पुरस्कार दिने घोषणा गरेको हो ।

Khadga Memorial And Janajagriti

विश्वकप छनौट प्रतियोगितामा बिहीबार युएईमाथि नेपाली टोलीले गौरवपूणर् जित हासिल गरेको थियो । नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट गराउँदै ऐतिहासिक सफलता दिलाउने नेपाली टोलीलाई विशेष धन्यवाद दिदैं सुदूरपश्चिम प्रदेशबाट टोलीका प्रमुख खेलाडी दिपेन्द्रसिंह ऐरी र भिम सार्कीलाई जनही २ लाख दिने मुख्यमन्त्री कमल शाहको सचिवालयले जानकारी दिएको छ ।

यस्तै टिममा परेका खेलाडी सन्दिप जोरालाई १ लाख र अन्तिम १८ मा पर्न सफल कमलसिंह ऐरी र अर्जुन साउदलाई ५० हजार गरी ६ लाख दिने घोषणा गरिएको हो ।

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update