Hamro Patra
पहिलो पटक नेपाल विश्वकप छनोटमा प्रवेश

टीकापुर, चैत्र २

घरेलु मैदानमा संयुक्त अरब एमिरेन्ट्स (यूएई) माथि कीर्तिमानी जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान पक्का गरेको छ । खराब लाइटिङका कारण खेलको निणर्य डिएलमेथडबाट लिइँदा नतिजा ९ रनले नेपालको पक्षमा आएको हो।

घरेलु मैदानमा बिहिबार भएको लिग २ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईलाई हराउँदै नेपाल तालिकाको शीर्ष ३ मा रहेर विश्वकप छनोटमा स्थान बनाएको हो।

Khadga Memorial And Janajagriti

नेपालले पहिलो पटक ओडिआइ ग्लोबल क्वालिफायर खेल्न लागेको हो । नेपालले अब जिम्बाबेमा हुने आइसीसी ग्लोबल छनोटमा खेल्नेछ। ग्लोबल छनोटमा लिग २ का शीर्ष ३ टोली, सुपर लिगका पुछारका ५ टोली र नामिबियाकामा हुने प्लेअफ छनोटबाट आएका शीर्ष २ टोलीबीच स्पर्धा हुनेछ।

नेपालको जितले नामिबिया चौथो स्थानमा रहँदै प्लेअफमा पुगेको छ। पराजित युएईले पनि विश्वकप छनोटमा स्थान बनाउनका लागि प्लेअफ छनोट खेल्नेछ। सिरिजको पहिलो खेलमा युएईलाई हराउँदै नेपालले आगामी ४ वर्षका लागि ओडिआइ मान्यता जोगाएको थियो।

योसँगै लिग २ का सबै खेल सकिएका छन्। नेपालले सन् २०२० को फेब्रुअरीमा अमेरिका र ओमानसँग खेल्दै लिग २ को त्रिकोणात्मक सिरिजको सुरुवात गरेको थियो।

नेपालले युएईलाई डिएल मेथडमा २ रनले हराउँदै ग्लोबल क्वालिफायरमा स्थान बनाएको छ । युएईले दिएको ३ सय ११ रनको लक्ष्य नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदा २६९ रन बनाउँदा डिएल मेथडको आधारका २ रनले जित निकालेको हो।

गुलसनले ओडिआइमा पहिलो अर्धशतक प्रहार गरेका हुन्। गुलसनले ४८ बलमा ४ चौका र २ छक्का मद्दतमा अर्धशतक पूरा गरे।

नेपालको जितमा चार खेलाडीले अर्धशतक बनाए। ओपनर कुशल भुर्तेल ५० रनमा क्याच आउट भए। ३५ बलको सामना गरेका कुशल ३ चौका र ४ छक्का हान्दा क्याच आउट भए।

भीम सार्की ६७ रनमा एलबीडब्लु धरापमा परे। ७६ बलको सामना गरेका उनले ९ चौका हन्दा जुनैद सिद्दीकीको बलमा एलबीडब्धु धरापमा परे।

पाँचौ विकेटका लागि भिम सार्की र आरिफ शेखले ८३ रनको साझेदारी गरे । छैटौँ विकेटका लागि अरिफ शेख र गुलसन झाले ४४ रनको साझेदारी गरे। आरिफ शेख ५२ रनमा क्याच आउट भए। कप्तान रोहित पौडेल १६ रनमा क्याच आउट हुदै पवेलियन फर्के।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय १० रनको योगफल तयार पारेको थियो।

छैटौं विकेटका लागि आशिफ र अरविन्दले १३५ रनको साझेदारी गरे। वृत्या अरविन्द ९४ रनमा क्याच आउट भए। युएईका आशिफ खान १०१ रनमा नटआउट रहे।

विष्फोटक ब्याटिङ गरेका आशिफले ४१ बलमा ३ चौका र ११ छक्का प्रहार गर्दै शतक पुरा गरे। १३५ बलको सामना गरेका अरविन्दले ८ चौका र २ छक्का हाने।

ओपनर आयान लाक्रा ६ रनमा आउट भए। कप्तान मुहम्मद वसिम ६३ रनमा एलबीडब्लु धरापमा परे। ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरेका उनलाई सन्दीप लामिछानेले पवेलियनको बाटो देखाए।

चुन्दनगापोयिल रिजवान ३ रनमा क्याच आउट भए। रोहन मुस्तफा २० रन बनाउदा दिपेन्द्रसिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे।

नेपालका दिपेन्द्रसिंह ऐरिले २ विकेट लिए। ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक एक विकेट झारे। कसिलो बलिङ गरेका ललितले आफ्नो स्पेलमा मात्र २७ रन खर्चे।

दिपेन्द्रले ८ ओभरमा २ मेडन राख्दै १९ रन दिए। सन्दीपले आफ्नो स्पेलमा ८० रन खर्चेर १ विकेट आफ्नो नाममा गरे।

प्रकाशित मिति: बिहीबार, चैत २, २०७९  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update