Hamro Patra
टीकापुर नगरपालिकाद्वारा खेलाडीलाई सम्मान

टीकापुर, साउन ७
टीकापुर नगरपालिकाले आज राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताका विजेता खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।

काठमाण्डौंमा सम्पन्न राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा टीकापुरका खेलाडीले सुदूरपश्चिमलाई कुल ५ गोल्ड मेडल मध्ये ४ गोल्ड मेडल दिएका छन । गोल्ड मेडल दिनेमा सीमा चौधरी र केशर मास्के रहेका छन । त्यस्तै टीकापुरकै एकेन्द्र विक १५०० दौडमा दोस्रो भएका थिए ।

Khadga Memorial And Janajagriti

त्यसैगरी महेन्द्रनगरमा सम्पन्न क्षेत्रीय प्रतियोगितामा टीकापुरका बिना थापा, सुष्मिता सुनार, अनिता चौधरी, सुमित्रा चौधरी, पारस सोनी र पूजा चौधरीले एथ्लेटिक्सतर्फ सहभागीता जनाएका थिए । छात्र भलिवलतर्फ टीकापुरकै गोविन्द टमट्टा, राहुल टमट्टा, प्रकाश चौधरी र छात्रा भलिवलतर्फ प्रतिक्षा चौधरीले सहभागिता जनाएका थिए ।

कैलालीको धनगढीमा असार २३ र २४ गते आयोजित जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा टीकापुर नगरपालिकाका खेलाडीले १२ स्थानीय तहका खेलाडीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका थिए । खेलाडीले कुल १८ गोल्ड मेडल प्राप्त गरेका थिए । छात्रतर्फको भलिवलमा टीकापुरको टिमले दोस्रो स्थान हात पारेको थियो ।

टीकापुर नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत २९ खेलाडीले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको विभिन्न विधामा सहाभगिता जनाएको प्रशिक्षक अर्जुन ठकुल्लाले जानकारी दिए ।

खेलाडीहरुलाई सम्मान गर्दै समारोहका अध्यक्ष तथा टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले खेलकुदका माध्यमबाट टीकापुरको नाम देशभर चिनाएकोमा खुशी व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update