Hamro Patra
सुदूरपश्चिम प्रदेश एकल लोकगायन प्रतियोगिता हुने

टीकापुर, चैत्र १

कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश खुल्ला एकल लोकगायन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सुदूरपश्चिम समितिको आयोजनामा चैत्र ४ गतेदेखि प्रतियोगिता हुनेछ ।

Khadga Memorial And Janajagriti

आयोजकले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष पूणर्प्रसाद भाटले ४२ हजार साधारण सदस्य, २ हजार ५ शय आजीवन सदस्य रहेको जानकारी दिँदै लुकेका आवाजलाई बाहिर ल्याउन प्रत्यक्ष गाउने गरी प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए ।
कार्यक्रमका संयोजक भिम विष्टले प्रतिष्ठानका ९ जिल्लाबाट एक/एक जना छनौट भएर आउने र उनीहरुबिच प्रतिस्पर्धा गराइने बताए ।

प्रतियोगितामा प्रथम हुने प्रतियोगीलाई २५ हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १५ हजार र सान्त्वनालाई १० हजार नगद पुरस्कार दिइने विष्टले जानकारी दिए ।

विष्टका अनुसार प्रतियोगितामा सहभागिताका लागि राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका र एल्बम ननिकालेका प्रतिभालाई मात्रै समावेश गरिनेछ ।
उनीहरुलाई चैत्र ३ गते प्रशिक्षण दिइने जनाइएको छ । प्रतियोगिता सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सामाजिक र पर्यटन मन्त्रालयको सहयोग रहेको छ ।

प्रकाशित मिति: बुधबार, चैत १, २०७९  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update