Hamro Patra
मञ्च र घेरावार उद्घाटन

टीकापुर, साउन ७
टीकापुर नगरपालिका–६ बेलुवास्थित खेलमैदानमा निर्मित मञ्च र घेराबार पर्खालको उद्घाटन सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले एक समारोहकाबीच मञ्च र घेरावार पर्खालको उद्घाटन गरेका छन ।

यस क्षेत्रका साँसद समेत रहेका रावलको साँसद विकास कोषबाट मञ्च र घेरावार पर्खालको निर्माण गरिएको हो । कोषबाट विनियोजित २० लाखको लागतमा मञ्च र घेरावार पर्खाल निर्माण गरिएको बताईएको छ ।

Khadga Memorial And Janajagriti

खेल मैदानमा घेरावार पर्खाल निर्माणले खेलकुद गतिविधि बढ्नुका साथै खेल मैदानको समेत संरक्षण हुने स्थानीयले बताए ।

बिपि स्मृति दिवसको अवसर पारेर मञ्च र घेरावार पर्खालको उद्घाटन गरिएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका रावलले विकास निर्माणका काममा हातेमालो गर्न सबैसँग आग्रह गरे । उनले सबैको सामुहिक प्रयासबाट मात्रै विकास सम्भव रहेको बताए ।

सो अवसरमा साविक नारायणपुर गाविसका पूर्वअध्यक्ष तथा काँग्रेस नेता फकिरसिँह कडायत, वडा नं. ६ का वडाध्यक्ष बलिराम चौधरी, क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी लगायतले बोलेका थिए । दिवसकै अवसरमा नेपाली काँग्रेसले बेलुवास्थित राष्ट्रिय मावि परिसरमा वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन ७, २०७६  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update