Hamro Patra
आमाको घरलाई सहयोग
Khadga Memorial And Janajagriti


टीकापुर, ५ साउन
कैलालीको टीकापुर नगरपालिका वडा नं. २ स्थित आमाको घरलाई टीकापुरका बलबहादुर रावलले सहयोग हस्तान्तरण गरेका छन् ।
स्वर्गीय आमा विष्णादेवी रावलको ३०औं दिनको पुण्यतिथिमा रावलले आमाको घरलाई सहयोग हस्तान्तरण गरेका हुन् ।

रावलसहित उनका भाईहरु दीपक रावल र प्रल्हाद रावलले ७० किलो चामल, ५ केजी दाल, ४ थान झुल र नगद हस्तान्तरण गरेका हुन् ।
आठ जना अनाथ असहाय बालबालिकालाई शिक्षा, दिक्षा दिने उद्देश्यले सञ्चालित आमाको घरलाई उनीहरुले सहयोग हस्तान्तरण गरेका हुन् । वैशाख १८ गतेदेखि सञ्चालनमा आएको आमाको घरमा सहयोग गर्नेहरु आइरहेको आमाको घरकी अध्यक्ष दिब्या चौधरीले बताइन् ।

आमाको घरमा रहेका बालबालिकालाई राजीपुरस्थित कालिका आधारभूत विद्यालयमा राखिएको छ । उनीहरुलाई विभिन्न व्यक्तिले गरेको सहयोगबाट खान, बस्ने र लगाउने व्यवस्था गरिएको चौधरीले बताइन् ।
आमाको सम्झनामा आमाको घरमा रहेका साना बालबालिकालाई थोरै भए पनि सहयोग गरेको रावलले बताए । रावल टीकापुर नगरपालिकाका स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख हुन् ।

प्रकाशित मिति: आइतबार, साउन ५, २०७६  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update