Hamro Patra
दोश्रो ज्ञानेन्द्र स्मृति शिल्ड मोतिको कब्जामा

टीकापुर, फागुन १६

कैलालीको टीकापुरमा जारी २ लाख पुरस्कार राशीको दोश्रो ज्ञानेन्द्र स्मृति खुल्ला पुरुष भलिबल रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी मोति क्बल मोतिनगरले कब्जा गरेको छ । मोति क्लब प्रथम ज्ञानेन्द्र स्मृति खुल्ला पुरष भलिबल रनिङ्ग शिल्डको समेत विजेता हो ।

गत वर्षको विजेता टीकापुर युवा क्लब, नयाँ विहानी पुनःस्थापना केन्द्र र टीकापुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा कञ्चन खाद्य उद्योग टीकापुरलाई ३-० को सोझो सेटमा पराजित गर्दै मोतीले उपाधी कब्जा गर्न सफल भएको हो ।

प्रतियोगितामा प्रथम हुन सफल मोति क्लबले २ लाख १ हजार १ रुपैयाँ पुरस्कार, प्रमाणपत्र, मेडल र शिल्ड लिएको छ । त्यस्तै प्रतियोगितामा द्वितीय कञ्चन खाद्य उद्योग टीकापुरले १ लाख १ हजार १ रुपैयाँको चेक, प्रमाणपत्र, मेटल र शिल्ड प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा तृतीय हुने एञ्जिला पुस्तक पसल साँफेबगरले ५० हजार १ रुपैयाँ, प्रमाणपत्र, शिल्ड प्राप्त गरेको छ ।

प्रतियोगिताको समापन समारोहमा सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दीपकबहादुर सिंहले टीकापुर क्षेत्रको खेलकुद विकासका लागि परिषदले सहयोग गर्ने बताए ।

‘आगामी दिनमा यस क्षेत्रमा हने हरेक खेलकुदका गतिविधिमा परिषदले सहयोग गर्नेछ’ उनले भने ‘टीकापुर क्षेत्र विगतदेखि नै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्दै आएको क्षेत्र हो ।’

नयाँ विहानी पुनःस्थापना केन्द्रका अध्यक्ष कल्पेश कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update