Hamro Patra
यू-१९ विश्वकप छनोट : नेपालविरूद्ध मलेसिया ७२ रनमा अलआउट

टीकापुर, फागुन १६

यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालविरूद्ध मलेसिया ७२ रनमै अलआउट भएको छ ।

युएईको मालेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ३५.३ ओभरमा ७२ रनमा अलआउट गरेको हो ।

Khadga Memorial And Janajagriti

मलेसियाका लागि अक्रम मालेकले २६ रन जोड्दा हाइरिल हरिसन र मोहमद साहिरले १२-१२ रन जोडे ।

मलेसियाका अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए ।

बलिङमा नेपालका दिपेश कडेँलले ४ विकेट लिए । उनले १० ओभरमा ११ रन खर्चिए । आकाश चन्दले ३ विकेट लिए भने मिलन बोहराले २ विकेट र सुवास भण्डारीले १ विकेट लिए ।

प्रतियोगितामा नेपालले लगातार तेस्रो खेलमा जित हात पारेको छ । सोमबार हङकङलाई ९ विकेटले हराएको पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २४३ रनले पराजित गरेको थियो ।

नेपालले आफ्नो अन्तिम खेल आयोजक युएईसँग फागुन १८ गते खेल्ने तालिका छ ।

प्रतियोगितामा नेपालसहित घरेलु टिम युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुर गरी ६ टिमबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतियोगिताको च्याम्पियन टिमले आगामी वर्ष हुने विश्वकपमा स्थान बनाउनेछ ।

नेपालले सन् २०१६ देखि यू-१९ विश्वकपमा स्थान बनाउन सकेको छैन । सन् २०१८, २०२० र २०२२ गरी नेपालले तीन वटा यू-१९ विश्वकप गुमाएको थियो ।

सन् २००० मा पहिलो पटक यू-१९ विश्वकप खेलेको नेपालले त्यसपछि २००२, २००४, २००६ र २००८ गरी लगातार पाँच विश्वकप खेलेको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन १६, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update