Hamro Patra
दुई लाख पुरस्कार राशीको भलिबल भोलिदेखि हुँदै

टीकापुर, फागुन १२

कैलालीको टीकापुरमा भोलिदेखि २ लाख पुरस्कार राशीको दोश्रो ज्ञानेन्द्र स्मृति खुल्ला पुरुष भलिबल रनिङ्ग शिल्ड प्रतियोगिता हुने भएको छ ।

Khadga Memorial And Janajagriti

टीकापुर युवा क्लब, नयाँ विहानी पुनःस्थापना केन्द्र र टीकापुर नगरपालिकाको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको सम्पूणर् तयारी पूरा भएको क्लबका अध्यक्ष तपेन्द्र कुँवरले जानकारी दिए ।

अध्यक्ष कुँवरका अनुसार भोलिदेखि शुरु हुने प्रतियोगिता भलिबलका पूर्व प्रशिक्षक ज्ञानेन्द्र विष्टको स्मृतिमा गत वर्षदेखि शुरु गरिएको हो ।

एपीएफ महिला भलिबल टोलीका मुख्य प्रशिक्षक रहेका विष्टको टीकापुरमा भलिबलको प्रशिक्षण शुरु गरेको केही समयमै निधन भएको थियो ।

अध्यक्ष कुँवरले प्रतियोगितामा १० टिमको सहभागिता रहने बताए । प्रतियोगितामा प्रथम हुने टिमले २ लाख १ हजार १ रुपैयाँ, द्वितीय हुने टिमले १ लाख १ हजार १ रुपैयाँ र तृतीय हुने टिमले ५० हजार १ रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update