Hamro Patra
होटल भित्र संकास्पद वस्तु विष्फोट हुँदा ५ जना घाईते
Khadga Memorial And Janajagriti

धनगढी, २ साउन

धनगढीमा संकास्पद वस्त विस्फोट हुँदा ५ जना घाईते भएका छन् । ५ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । धनगढीको शहिद गेट नजिकै रहेको निलम होटलमा विस्फोट हुँदा ठेगाना नखुलेका राम सिंह, लक्ष्मण सेरेला, मोविन खान र धनगढीका जितेन्द्र यादव र होटल मालिक केशवराज पाण्डेय घाईते भएको प्रहरीले जानकारी दिएको छ । राम सिंह र सेरेलाको अवस्था गम्भी रहेको छ । घाईतेहरुको धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ । विस्फोट भएको वस्तु के हो भन्ने खुल्न नसकेको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । कतिपयले सिलिण्डर बम विस्फोट भएको आशंका गरे पनि सिलिण्डर जस्ताको त्यस्तै रहेको जनाएको छ । घटनास्थलमा पेस्तोल पनि फेला परेको छ । सुरुमा सिलिण्डर विस्फोट भएको आशंका गरिएपनि घटना स्थलको प्रकृति हेर्दा सिलिण्डर विस्फोट नभएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  २०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update