Hamro Patra
मेयरकप वीरेन्द्र र उपमेयर कप आई.एम.ई.को कब्जामा

टीकापुर, फागुन ७

टीकापुरमा जारी नगरपालिकास्तरीय मेयर तथा उपमेयर कप रनिङ फुटबल प्रतियोगितामा मेयर कपको उपाधी साविक विजेता वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालयले हात पारेको छ ।

आज भएको फाइनल खेलमा आक्रामक प्रस्तुत भएको वीरेन्द्रले खड्ग स्मृति माध्यमिक विद्यालय टीकापुरलाई ८-० को फराकिलो अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो ।

Khadga Memorial And Janajagriti

घरेलु मैदानमा भएको फाइनल खेलमा वीरेन्द्रका खेलाडीले खड्ग स्मृतिका खेलाडीलाई अन्तिम समयसम्म निकै दबावमा राखेका थिए ।

यसअघि २०७६ सालमा सम्पन्न भएको मेयर कपमा समेत वीरेन्द्रले उपाधी हात पारेको थियो । विजेता विद्यालयले नगद रु. ५१ हजारसहित शिल्ड, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

दोश्रो हुने खड््ग स्मृतिले ३५ हजार नगदसहित शिल्ड, ट्रफी तथा प्रमाणपत्र पाएको छ । ३२ वटा विद्यालयको सहभागिता रहेको मेयरकपतर्फ युनाइटेड एकाडेमीले तेश्रो स्थान प्राप्त गरेको थियो । उसले २१ हजार नगदसहित पुरस्कार प्राप्त गरेको छ ।

आजै सम्पन्न भएको उपमेयर कपमा टीकापुर नगरपालिका वडा नं. ४ अस्नेहरीस्थित आई.एम.ई. स्कुलले कणर्ाली मावि टीकापुर स्तब्ध पार्दै उपाधी हात पारेको छ ।

निर्धारित समयसम्म १-१ गोलको बराबरी खेलको कणर्ालीलाई पेनाल्टीबाट आई.एम.ई.ले पाखा लगाएको हो । उपमेयर कपमा नगरपालिका क्षेत्रका २१ विद्यालयको सहभागिता रहेको थियो । विजेता विद्यालयले नगद रु. ५१ हजारसहित शिल्ड, ट्रफी तथा प्रमाणपत्र दिइएको छ ।

प्रतियोगिताको उपविजेता कणर्ाली माध्यमिक विद्यालयले ३५ हजार तथा तेस्रो हुन सफल माउण्ड सैपाल एकाडेमीले २१ हजार नगदसहित पुरस्कार प्राप्त गरेको मुख्य रेफ्री सिद्धराज ठकुल्लाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update