Hamro Patra
नामिबियाविरुद्ध नेपाल दुई विकेटले विजयी

टीकापुर, फागुन २

मंगलबारदेखि शुरु भएको आईसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले सुखद नतिजा निकालेको छ ।

Khadga Memorial And Janajagriti

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको पहिलो खेलमा कुशल भुर्तेलको शानदार सतकमा नेपालले १४ बल बाँकी छँदै नामिबियालाई २ विकेटले पराजित गरेको हो ।

माइकल भान लिंगेनले शतकीय पारी खेलेपछि नामिबियाले दिएको २ शय ८६ रनको विशाल लक्ष्य नेपालले सजिलै भेट्टाएको हो ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा २ शय ८५ रन जोड्दा अलआउट भएको थियो ।

जितका क्रममा नेपालका लागि करण केसी एक्लैले ५ विकेट लिएका थिए । करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन दिए । सन्दीप लामिछानेले ३ विकेट लिए ।

१० ओभर बलिङ गरेका सन्दीपले ६६ रन खर्चे । सोमपाल कामी र कुशल मल्लले एक-एक विकेट लिए ।

पछिल्लो समय खराब समय र लयमा रहेको नेपाली टोलीलाई घरेलु मैदानमा सुखद नतिजा निकाल्नुपर्ने दबाब थियो। दबाबबीच नेपालले बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन गर्दै जित निकालेको हो।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update