Hamro Patra
कुरुप बन्दै टीकापुर पार्क

टीकापुर, माघ २९

कणर्ाली नदी किनारमा अवस्थित टीकापुर पार्क उचित संरक्षणको अभावमा कुरुप बन्दै गएको छ ।पार्क भित्रको बगैचामा फूल सुक्न थालेका छन । फूलको सुरक्षाका लागि बनाईएका काठको बार भाँचिएका छन ।

पार्क भित्र रहेको महत्वपूणर् महेन्द्र आरोग्य गृह र बिरेन्द्र विश्राम बाटिका भवन समेत जिणर् बनेका छन । दुईवटै भवनको छाना भत्किने अवस्थामा पुगेको छ । पिकनिक स्थलमा फोहोरको डंगुर थुप्रिएको छ । त्यहाँ खाना पकाएर खान सक्ने अवस्था छैन । पिकनिक स्थलमा निर्मित पिउने पानीको धारा वरपर समेत निकै फोहोर छ ।

Khadga Memorial And Janajagriti

यस पार्कमा टाढाटाढाबाट समेत आन्तरिक पर्यटक घुम्न आउने गरेका छन । उनीहरु पिकनिक स्थलमा आफै खाना पकाएर खान्छन । पछिल्लो समयमा पिकनिक स्थलको अवस्था देखेर धेरै आन्तरिक पर्यटकहरुले संरक्षण हुन नसकेको प्रति चिन्ता व्यक्त गरेका छन । ‘समग्र पार्क नै कुरुप बनेको छ’ सुर्खेतकी कृष्णा थापाले भनिन्-‘पिकनिक स्थलमा खाना पकाएर खाने अवस्था नै छैन ।’

अहिले पनि धेरै व्यक्तिहरु टीकापुर पार्कमा पिकनिक खान आउने गरेका छन । टीकापुर पार्कका इञ्चार्ज अर्जुनबहादुर कुँवरले दैनिक ३ देखी ४ सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको बताए । उनले पछिल्लो समय पूर्वको झापादेखी समेत पर्यटक घुम्न आएको सुनाए । यहाँ नयाँ वर्ष, दशै तिहार, माघी जस्ता चाडपर्वको समयमा अत्याधिक संख्यामा आन्तरिक पर्यटक आउने गरेको पाईन्छ ।

कुल ८४ विगाह क्षेत्रफलमा फैलिएको पार्कको नौ विगाहमा बगैचा रहेको छ । पार्कको संरक्षणका लागि भन्दै नगरपालिकाले १३ जना कर्मचारीको व्यवस्था गरेको छ । ती कर्मचारीले नै पार्कको सम्पूणर् रेखदेख गर्छन । इञ्चार्ज कुँवरले पार्कको संरक्षणका लागि कर्मचारीको संख्या कम भएको बताए । ‘हामीसँग जनशक्ति कम छ’ उनले भने-‘जेनतेन सके जति काम गरेकै छौं ।’

उनले अरुले भने जस्तो पार्कको अवस्था जिणर् नबनेको दावी गरे । उनले केही टुटेका बगैचाको बार फागुन भित्र नयाँ बनाउने पहल भैरहेको बताए । ‘मर्मत गरेर मात्रै भएन अब पूरै नयाँ बनाउने हो’ उनले भने-‘यो काम फागुन भित्र सकिन्छ ।’

यो पार्कको ऐतिहासिक महत्व छ । २०२८ साल तिर करिव एक महिना तत्कालिन राजा महेन्द्रले यसै ठाँउमा बसेर नेपालको राजकाज चलाएका थिए । शुक्लाफाँटा वन्यजन्तु आरक्षमा सिकार खेल्न पुगेका राजालाई एक्कासी मुटुको व्यथाले च्यापेपछि उपचारका लागि यो ठाउँ उपयुक्त भएको सल्लाह चिकित्सकले दिएका थिए । चिकित्सकको सल्लाह अनुसार नै राजा यस ठाउँमा बसेका थिए ।

राजा महेन्द्रको निर्देशनमा खटिएका वैद्य, वातावरणविद् चिकित्सकका अनुसार टीकापुर पार्कमा हिन्दूहरूको ठूलो धर्मस्थल मानसरोवरमा बहने हावा सोझैं कणर्ाली हुँदै आई पुग्छ । मानसरोवरबाट सोझैं आएको हावा कणर्ालीसम्म आई पुग्दा पार्क भन्दा अली उच्च बेगमा बहने गर्छ । जब टीकापुर पार्कसम्म उक्त हावा आउँछ तब कणर्ाली पुल (चिसापानी) मा चल्ने हावाको बेग भन्दा यहाँ मन्द गतिले चल्ने गर्छ । जसले स्वास्थ्यलाई फाइदा पुर्‍याउने प्राकृतिक औषधीको रूपमा लिन सकिने तत्वका रूपमा टीकापुर पार्कमा पाउन सकिन्छ ।

राजाले यहाँ बसाईका क्रममा एउटा योजना बनाए । आफूले स्वास्थ्य लाभ गरेको ठाउँमा सुन्दर पार्क बनाउने र नजिकै एउटा शहर निर्माण गर्ने सोच बनाए । राजाको सोही सोचलाई उनका छोरा पूर्वराजा बिरेन्द्रले पहल थाले । बिरेन्द्रकै निर्देशनमा तत्कालिन मन्त्री खड्गबहादुर सिंहले मूर्तरुप दिए । राजाको सोचलाई पूरा गर्न टीकापुर विकास समितिको गठन गरेर मन्त्री सिंहले स्वीट्जरल्याण्डको एक शहरको नक्शा अनुसार टीकापुर नगरको प्लानिङ गरे र सोही अनुरुप बस्ती बसाए ।

यसलाई टीकापुर बृहत उद्यान पनि भनिन्छ । यो सुन्दर नगरी टीकापुरबाट झण्डै चार किलोमिटर पूर्वमा छ । अतिआकर्षक दृश्यावलोकन र पिकनिक खानका लागि यो पार्क निकै चर्चित छ ।

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update