Hamro Patra
लागु पदार्थ सहित दुईजना पक्राउ

टीकापुर, असार २५
इलाका प्रहरी कार्यालय टीकापुरले लागुऔषध खैरो हिरोइन सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–७ मोतिनगरका सुमन बुढाक्षेत्री (२०) र टीकापुर नगरपालिका–१ ब्लक नं. २९ का नविन भण्डारी (२०) रहेका छन । प्रहरीले उनीहरुलाई टीकापुर नगरपालिका–७ सुनाहाँफाँटाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी मनोहर भट्टले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

प्रहरीका अनुसार उनीहरुको साथबाट २ ग्राम ९ सय मिलिग्राम खैरोहिरोइन बरामद भएको छ । प्रहरीको गस्ती टोलीले उनीहरुलाई भारततर्फबाट से ४ प ९५९५ नम्बरको मोटरसाइकल चढेर आईरहेको अवस्थामा शंका लागेर चेकजाँज गरेको बताईएको छ ।

पक्राउ परेका मध्ये बुढाक्षेत्रीले चलाएको मोटरसाइकलमा भण्डारी लागुऔषध बोकेर सवार रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार भण्डारीले लागुऔषध मुखमा राखेका थिए ।

कैलाली जिल्ला अदालतले पक्राउ परेका दुवै जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।

प्रकाशित मिति: बुधबार, असार २५, २०७६  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update