Hamro Patra
नेपालमा कृषि विज्ञान उच्चशिक्षाः यथार्थपरक बस्तुगत विश्लेषण

प्रा. डा. लाल प्रसाद अंगाई

पृष्ठभूमिः
संसारका सबै प्राणीहरु भन्दा मानिस विवेकशील र सर्वश्रेष्ठ मानिन्छ । शिक्षाले मानिसलाई थप विवेकशील बनाउँछ र उच्च शिक्षाले भने झनै कर्मशील बनाउँछ भन्ने विश्वास गरिन्छ । विज्ञान र प्रविधि, कृषि र वन, मेडिकल र इन्जिनियरिङ जस्ता विषयहरुलाई संसारभर व्यवहारिक र व्यवसायिक ज्ञान सिकाउने पथ(प्रदर्शक प्राविधिक विषय मानिन्छ भने मानविकी र समाजशास्त्र, व्यवस्थापन, कानुन जस्ता विद्याहरुले मानवजीवन जगत बुझ्ने र 'बहुजन हिताय' काममा जोड्ने माध्यमकोे पर्यावाची काम गर्दछ । संसारका थुप्रै विकसित देशहरु उच्च प्राविधिक शिक्षाको माध्यमबाट मात्र आर्थिक कायापलट गर्न सफल भएका छन् भने विकासोन्मुख तथा अल्पविकसित देशहरुलाई पनि सोहि अनुसार शिक्षाको माध्यमबाट सुसुचित गराई माथि उकास्न संयुक्त राष्ट्र संघले शहस्राब्दी विकास कार्यक्रम (Sustainable Development Goal, SDG) का १७ वटा घोषित लक्ष्य बमोजिम शिक्षाक्षेत्रलाई मानव जीवनयापनको विशेष आधारशिला मानी सन् २०३० सम्ममा SDG परिलक्षित कार्यक्रमलाई माथि उकास्न खोज्दैछ । नेपाल, जो विश्मा नै अल्पविकसित राष्ट्रमा दर्जा पाएको छ, यसले पनि SDG अन्र्तगत शिक्षाको आधारभूत लक्ष्य प्राप्तीमा राष्ट्रिय शिक्षानीति, २०१९ जारी गरिसकेको छ र राष्ट्रभरका सबै जनताहरुको घर–आँगनमा विशेषत प्राविधिक धारको उच्च शिक्षाको विकास र विस्तारमा सरकार जुुटिरहेको छ । जीवनको न्यूनतम नैसर्गिक आधारभूत विषय गाँस, बास र कपासलाई ग्यारेन्टीका साथ उपलब्ध गराउन, कोरोना जस्ता अन्य थुप्रै प्राकृतिक विपत्ति समाधान गर्न र नाफामूलक व्यवसाय सृजना गरी उद्यमशिलता विकास गर्दै रोजगारी उपलब्ध गराउनका लागि प्राविधिक शिक्षालाई स्कुल लेभल देखि नै व्यवसाायिक शिक्षाको रुपमा जोड दिइ नेपाल सरकार अघि बढदैछ । कृषि उच्चशिक्षा पनि एक प्राविधिक विषय भएको कारण नेपाल सरकारले हालसम्म यस क्षेत्रमा गरेका सकारात्मक र नकारात्मक पक्षहरुलाई बस्तुपरक ढंगबाट यथार्थ चित्रण गर्ने जमर्को यस लेख मार्फत गरिएको छ ।

नेपालमा उच्च कृषि शिक्षाको प्रारम्भ र विकासः

नेपालमा वि. सं. २०१४ सालमा सिंहदरवारको पुतली बगैचाबाट जगदम्बा भवन हुदै कृषि कार्यक्रमको जे. टी. ए. को पढाइ शूरु भएको कृषिशिक्षा, विं.सं. २०२९ सालमा चितवनको रामपुरमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि कलेजको रुपमा परिणत भएपछि बैधानिक उच्च कृषिशिक्षा प्रारमम्भ भएको इतिहास भेटिन्छ । विं. सं. २०३२/०३३ पछि नेपालमा B.Ed. (Agriculture) हुदै विं.सं. २०४१/०४२ देखि ५ वर्षे कृषि स्नातक तथा विं.सं. २०४७/०४८ पछि B.Sc. Veterinary Science and Animal Husbandry कोे पढाइ सुरुवात भएको पाईन्छ । वि.सं. २०५५ सालमा नेपालमा नै Ph.D. को पढाई पहिलो पटक सुरुवात, तत्–पश्चात विं.सं. २०६१/०६२ साल देखि कृषिका M.Sc. Ag कार्यक्रमहरु समेत संचालन गर्दै त्रि. वि. अन्तर्गत कृषि र पशु विज्ञान अध्ययन संस्थान अघि बढेको हामी पाउछौ । विं. सं. २०६३/०६४ मा देशमा संघीय गणतान्त्रिक व्यवस्थाको आगमन पश्चात विं. सं. २०६७/०६८ देखि नेपालमा खुलेका राष्ट्रिय बहुविश्वविद्यालयहरुले जव कृषि विज्ञानको उच्च स्तरीय शिक्षा प्रारम्भ गर,े तत्पश्चात हाल सम्म थुपै्र विद्यार्थीहरुले नेपाल भित्र नै सवर्सुलभ ढंगबाट उच्च कृषि शिक्षाको विभिन्न तहको डिग्री प्राप्त गर्ने अवसर मिल्न गएको छ ।

CMA Staff

हिजोका दिनहरुमा त्रिभुवन विश्वविद्यालयबाट मात्र न्यूनसंख्यामा गुणस्तरिय प्राविधिकहरु उत्पादन हुन्थे भने विं. सं. २०६७।०६८ साल पछि छुट्टै कृषि र वन विश्वविद्यालय र अन्य राष्ट्रिय बहुविश्वविद्यालयहरुको स्थापना पछि उच्च कृषि शिक्षामा दक्ष जनशक्ति उत्पादन संख्यात्मक रुपमा त बढयो, तर नेपालमा खुलेका प्रायः सबै बहुविश्वविद्यालयहरुले पनि मानविय संसाधन तथा भौतिक पूर्वाधार आंकलन विना नै उच्च कृषि शिक्षालाई अवलम्वन गरिदिदा आज नेपालको कृषि शिक्षा गुणस्तरहीन बन्न पुगेको यथार्थ हामी पाउँछौ। उच्च कृषि शिक्षा अवलम्वन गरेका विभिन्न विश्वविद्यालय, कलेज र विभिन्न तहगत विद्यार्थी संख्याहरुलाई गौणरुपमा मनन गर्दा अबको नेपाली उच्च कृषि शिक्षाका उत्पादनलाई गम्भिर भई नियाल्ने परिस्थिति सृजना भएको केहि यथार्थपरक बस्तुगत विष्लेषण जनाउँछ ।

नेपाली उच्च कृषि शिक्षाका मुख्य सम्भावना, अवसर, सवल, दुर्वल तथा राम्रा नराम्रा पक्षहरुः

नेपाली कृषि शिक्षाका राष्ट्रिय कार्यक्रम नियाल्दा हिजोका दिनहरुमा ठूलो लगाानी बैदेशिक सहयोगबाट प्राप्त भएको पाइन्छ । उच्च कृषिशिक्षामा बैदेशिक सहयोग र राज्यकोषको लगानी घट्दै जाँदा मेडिकल र इन्जिनियरिङ पछि कृषिमा प्राइभेट क्षेत्रको लगानी बढ्दो पाईन्छ । त्रिभुवन विश्विद्यालयको विं. सं. २०७५ सालको आर्थिक/प्राज्ञिक विवरण हेर्दा पनि के पाइन्छ भने नेपालमा एकजना स्नातक तहको जनशक्ति उत्पादन गर्दा मानविकि, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन संकायमा लगभग रु. १३,०००।– देखि रु. २०,०००।– राज्यका स्रोतबाट खर्चिएको पाइन्छ । प्रविधिक क्षेत्रमा कृषिविज्ञान संकायमा उक्त लगानी लगभग रु. ६,७५,०००।, वन विज्ञानमा लगभग रु. ७,५०,०००।– इन्जिनियरिङमा रु. १०,००,०००।– र मेडिकल विषयमा रु. १२–१५,००,०००।– राष्ट्रिय लगानी लागेको भेटिन्छ । वर्तमान कृषि शिक्षामा B. Sc. Ag. तहको उपाधि दिने राज्यको लगानी घट्दै गएको छ भने Veterinary का विषयमा त नेपाल Veterinary Council ले गुणस्तर मापन गराई संख्यालाई नियन्त्रण समेत लिएको पाईन्छ ।

नेपालमा त्रिभुवन विश्वविद्यालय पछि, पूर्वाञ्चल विश्वविद्यालय, कृषि र वनविज्ञान विश्वविद्यालय हँुदै सुदूरपश्चिम विश्वविद्यालय, काठमाण्डौ विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय सबैले क्षेत्रियता वा मानव संसाधन र भौतिक पूर्वाधारहरुको आर्थिक लेखा जोखा नै नगरी खोलिएका बेग्रल्ती B. Sc. Ag.तहका आ·िक तथा सम्बन्ध प्राप्त कृषि कलेजहरुले कस्तो गुणस्तरियता उपलब्ध गराउँदछ र नेपाल कृषि काउन्सिल समेत स्थापना नभई सकेको हालको परिवेशमा अब उच्च कृषि शिक्षाको गुणस्तर नियन्त्रण मुख्य सवाल भएको छ । विभिन्न विश्वविद्यालय अन्तर्गतका केहि सरकारी तथा धेरै प्राइभेट कलेजहरु आज विद्यार्थी संख्या अभावमा आफ्नो अस्तित्व खोज्न लाग्नुपर्ने अवस्था सिर्जना भएको छ। १०+२ परीक्षामा थोरै विद्यार्थी उत्र्तिण हुनु, वार्षिक १,५०,००० विद्यार्थी No Objection Letter लिई विदेश केन्द्रित रहनु, नेपाली कृषि कलेजहरु बन्द, हड्ताल र दक्ष जनशक्ति अभावमा पूर्वाधार नहुँदा अब कृषि विज्ञान शिक्षा गम्भीर मोडमा आई पुगेको छ । कृषि काउन्सिल विनाको उच्च कृषि शिक्षा ल∙डो र बेरोजगारमूलक शिक्षामा परिवर्तन हुने सम्भावना देखिन्छ । टेबल १ मा दर्शाइएको जस्तो नेपाली कृषि विज्ञान उच्च शिक्षा क्षेत्रमा देखिएका सवल, दुर्वल, सकारात्मक तथा नकारात्मक पक्षहरु (SWOT) को विष्लेषण गर्दा नेपाली कृषि उच्च शिक्षालाई अब सोचनिय ढंगबाट अघि बढाउनु पर्ने देखिन्छ।

विश्वविद्यालय पिच्छे नै अलग अलग Course का ढाँचा लागु हुनु, विश्वविद्यालय अनुदान आयोग वा शिक्षा मन्त्रालयले सबै विश्वविद्यालयहरुसंग गरेका संयुक्त पहलमा कमी हुनु, रोजगारी सिर्जना र विद्यार्थी उत्पादन वीच सही जनशक्ति प्रक्ष्येपण हुन नसक्नु M. Sc. Ag. गरीसकेका उत्कृष्ट विद्यार्थीहरु विश्वविद्यालय/अनुसन्धान केन्द्र भन्दा निजामती सेवा तर्फ बढी आकर्षण हुनु र विश्वविद्यालय हेर्ने शिक्षा मन्त्रालय तथा उच्च कृषि जनशक्तिलाई रोजगारी दिने कृषि मन्त्रालय तथा कृषि अनुसन्धान परिषद वीच समन्वय नहुनु उच्च कृषिशिक्षाको अर्को प्रमुख समस्या रहेको छ । उच्च कषि शिक्षामा विद्यार्थीहरुलाई उद्यमशिलता तर्फ आकर्षण गर्ने ठोस योजना नहुनु र कृषि शिक्षाका उत्कृष्ट विद्यार्थी बैदेशिक पलायन हुनु राज्यको लागि नै अनुत्पादक चेतावनी मूलक कार्य मानिएको छ । तसर्थः नेपाली उच्च कृषि शिक्षाका सम्भावना, अवसर, चुनौति सुधार गर्नका लागि निम्न बमोजिम ११ बुँदाहरु सुझाव स्वरुप प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

उच्च कृषि शिक्षा सुधारका मुख्य कार्यक्रमहरुः

१ . विं. सं. २०६६।०६७ भन्दा अघि त्रि. वि. रामपुर क्याम्पसमा १००–१५० जना मात्र विद्यार्थी पढाउन लगभग १००–१५० जना Ph. D, M.Sc. Ag, M.V. Sc & A.H. का Professors हुने गरेको परिवेशमा उच्च कृषिशिक्षामा बहुविश्वविद्यालय र बहु–क्याम्पसको स्थापना पछि विं. सं. २०६९÷०७० देखि अप्रत्यासित घटेको कृषि प्राधयापकहरुको संख्यालाई राष्ट्रिय र अन्तराष्ट्रिय नियमानुसार अविलम्ब स्थायी नियुक्ति प्रक्रियामा लैजाने ।
२. भौतिक पूर्वाधार, ल्याव तथा कर्मचारी व्यवस्थापन तथा सन्तुलित भौगोलिक विकासको अवधारणा पुरा गरेपछि मात्र प्रदेश अनुसार थप नयाँ कृषि कलेजहरु खोल्ने ।
३. कृषि विश्वविद्यालय/ अध्ययन संस्थान/संकायहरुमा कृषि अध्ययन, कृषि अनुसन्धान र कृषि प्रसारलाई एकिकृत रुपमा अघि बढाउन राष्ट्रिय बजेट सहित Land Grant System Model को कृषि रणनीति लागु गर्ने ।
४. उच्च कृषिशिक्षा प्राप्त राज्यका अमूल्य जनशक्तिहरुलाई विदेश पलायनबाट रोक्ने र ती गुणस्तरिय विद्यार्थीहरुलाई निजामती भन्दा कृषि शिक्षालयमा आकर्षण गराउने । मानवीय संसाधनको सहि व्यवस्थापनमा सजिलोको लागि कृषि क्षेत्रमा कार्यरत निजामती, अनुसन्धान र अध्यापनमा लागेका सबै शिक्षक कर्मचारीहरुलाई Rotation गराई अनिवार्य रुपमा नेपाल भरिका कृषि अनुसन्धान, अध्यापन र कृषिप्रसार सेवामा राख्ने प्रयत्न राष्ट्रले अवलम्वन गर्ने ।
५. विदेशिएका नेपाली प्राध्यापकहरुलाई अनुसन्धानमुखी बजेट ल्याई नेपाली विश्वविद्यालयहरुमा Adjunct Professor को नियुक्ति दिने व्यवस्था मिलाउने ।
६. उच्च कृषि शिक्षा अवलम्वन गरेका सबै विश्वविद्यालय वीच रहेको बैमनस्यता, कटुभाव र अन्य समायोजनका प्रक्रियाहरुलाई नियमपूर्णं ढंगबाट टुंग्याउने ।
७. विश्वविद्यालयबाट उत्पादित उच्च कृषि जनशक्ति/संसाधन उत्पादन र रोजगार दाता, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय वीच विद्यार्थीः रोजगार अनुपात हाल स्नाकोत्तर तर्फ लगभग ४ः१ र स्नातक तर्फ २०ः१ रहेको पाईएको, धेरै वर्षदेखि कृषिमा लोकसेवा नखुलेका कारणले यी संख्याको सहि प्रक्ष्येपण हुनु पर्ने देखिन्छ ।
८. कृषि स्नातकहरुलाई खपत गराउने हालको ९–१२ कृषि शिक्षा र स्नातकोत्तर विद्यार्थी खपत गराउने कृषि डिप्लोमा पढाइ गर्ने CTEVT जस्ता संस्थाहरु र “संघीयतामा कृषि कार्यक्रम” घोषणा भएअनुसार कृषि पढाउने विश्वविद्यालय वीच समन्वय र आवश्यक व्यवस्थापन गर्नुपर्ने ।
९. त्रिभुवन विश्वविद्यालय तथा कृषि र वन विश्वविद्यालयले मुख्यत स्नातकोत्तर र Ph.D. कार्यक्रम मात्र संचालन गर्ने र पूर्वाञ्चल देखि सुदूर पश्चिमाञ्चल प्रदेशसम्म रहेका अन्य विश्वविद्यालयहरुले B.Sc. Ag / B. V. Sc and AH र अन्य कार्यक्रम मात्र संञ्चालन गर्ने । उक्त विश्वविद्यालयले भौतिक पूर्वाधार र मानविय संसाधन पुरा गरेपछि मात्र UGC को गुणस्तरीयता प्राप्त भई सके पछि मात्र स्नातकोत्तर तथा Ph.D. का थप कार्यक्रम अघि बढाउने । नेपालमा हाल सम्म नखुलाईएका Agriculture Statistics, Agri- Engineering तथा Agro meteorology विषयमा M.Sc.Ag. खुलाउन प्रयत्न गर्ने ।
१०. कृषि स्नातक भन्दा कृषि स्नाकोत्तर र Ph. D. डिग्रीका लागि विद्यार्थी संख्या बढाउनु पर्ने । उच्च कृषिशिक्षा संगै Home Science पशुपालन, मत्स्यपालन  Agro-Tourism तथा अन्य B.V. Sc. AH का स्नातक कार्यक्रमहरुमा राज्यको लगानी बढाउनु उपयुक्त हुने ।
११. उच्च कृषि शिक्षाको गिर्दो गुणस्तर सुधार र बढ्दो अस्वस्थ्य व्यापारीकरणका लागि यथाशिघ्र Agriculture Council गठन प्रक्रियाको लागि राज्यले प्रमुख भूमिका खेल्नु अपरिहार्य भएको छ ।

उपसंहारः

राष्ट्रले संघीय गणतान्त्रिक राज्यको ढाँचा अंगिकार गरि राष्ट्रिय शिक्षानीति २०१९ समेत लागू भइसकेको वर्तमान परिस्थितिमा उच्च कृषिशिक्षाका थुप्रै सकारात्मक पक्षहरु रहँदा, नेपालमा लगभग ६५५ मानिस कृषि पेशामा आश्रित हुँदा र गरिवी निवारण, रोजगारी नियन्त्रण, खाद्य सुरक्षा, सुलभ स्वास्थ्य र शिक्षा जस्ता आधारभूत विषयलाई सन् २०३० सम्म पुरा गर्नुपर्ने संयुक्तराष्ट्र संघीय शहश्राब्दी विकास कार्यक्रम मार्फत हामी नेपालीहरुले एकिकृत उच्च साझा कार्यक्रम लिई अघि बढनुपर्ने अवस्था आएको छ । तसर्थः उच्च कृषिशिक्षा मार्फत खाद्य सुरक्षा, खाद्य सम्प्रभुता तथा गरिवी निवारणलाई टेवा पु¥याउन र माथि उल्लेखित उच्च कृषि शिक्षाका सबै कमजोर तथा चेतावनीमूलक समस्या समाधान हेतु स–विस्तार उद्धधृत ११ बुँदे कार्यक्रम लागु गरेमात्र नेपाली उच्च कृषिशिक्षा फूल्ने र फल्ने देखिन्छ ।

डीन, कृषि विज्ञान संकाय, सुदूरपश्चिम विश्वविद्यालय
टीकापुर, कैलाली ।

 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update