Hamro Patra
टीकापुरको पाँचौ नगर सभा सम्पन्न, बजेट झण्डै पौने अर्ब

टीकापुर, असार २०
आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ७४ करोड २९ लाख ६९३ रुपैयाँ बराबरको बजेट पास गर्दै टीकापुर नगरपालिकाको पाँचौ नगरसभा आज सम्पन्न भएको छ ।

नगरसभाले पास गरेको उपमेयर केशरी रावल बिष्टद्वारा प्रस्तुत बजेट चालु खर्चतर्फ ४२ करोड ६९ लाख ३८ हजार २६८ रुपैयाँ ७१ पैसा र पूँजिगत खर्चतर्फ ३१ करोड ५९ लाख ६२ हजार ४२४ रुपैयाँ २९ पैसा रहेको छ ।

Khadga Memorial And Janajagriti

नगरसभाले पास गरेको बजेटको सबैभन्दा धेरै रकम २८ करोड ४३ लाख ६० हजार ९३३ रुपैयाँ १३ पैसा सामाजिक विकासमा छुट्याईएको छ । जसका लागि ३८ दशमलव २८ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यस्तै नगरसभाले पूर्वाधार विकासका लागि ३५ दशमलव ०८ प्रतिशत बजेट विनियोजन गरेको छ ।

नगरपालिकाको सशर्त बाहेकको बजेट चालु खर्चतर्फ २० करोड ८० लाख ६६ हजार २६८ रुपैयाँ ७१ पैसा र पूँजिगत खर्चतर्फ २९ करोड ८६ लाख ३४ हजार ४२४ रुपैयाँ २९ पैसा रहेको छ ।

बजेट वक्तव्यमा खर्च व्यहोर्ने स्रोतहरु समेत उल्लेख गरिएको छ । जसमध्ये संघीय सरकारबाट सशर्त अनुदान वाफत २३ करोड ६२ लाख, वित्तिय समानिकरण अनुदान वाफत १९ करोड २१ लाख, राजश्व बाँडफाँड वाफत १४ करोड ११ लाख ३६ हजार ६ सय ९३ रुपैयाँ रहेको छ ।

यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण अनुदान वाफत ७९ लाख ९७ हजार, राजश्व बाँडफाँड वाफत १ करोड १० लाख ४७ हजार र घरजग्गा रजिष्ट्रेसन वाफत ४ करोड ३३ लाख १० हजारलाई समेत खर्च व्यहोर्ने स्रोतका रुपमा उल्लेख गरिएको छ । त्यस्तै चालु आर्थिक वर्ष २०७५/०७६ मा खर्च हुन नसकेको ११ करोड ११ लाख १० हजार रुपैयाँलाई समेत आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतका रुपमा राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update