Hamro Patra
महिलाका मुद्दामा केन्द्रित तीनदिने प्रशिक्षण कार्यक्रम सुरु

टीकापुर, असार २०
टीकापुरमा महिलाका मुद्दामा विकास पत्रकारिता विषयक तीनदिने प्रशिक्षण कार्यक्रम आजदेखी सुरु भएको छ ।

सञ्चारिका समूह सुदूरपश्चिमको आयोजनामा सुरु भएको प्रशिक्षण कार्यक्रमको एक समारोहकाबीच जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरीले उद्घाटन गरेका छन ।

Khadga Memorial And Janajagriti

सो अवसरमा बोल्दै अध्यक्ष चौधरीले सञ्चारमाध्यमले अझै पनि महिलाका मुद्दा समेट्न नसकेको बताए । उनले महिलाका मुद्दालाई समेत सञ्चारकर्मीले प्राथमिकतामा राख्न आग्रह गरेका छन ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले सञ्चारमाध्यममा महिलाको अनुपस्थिति पत्रकारितालाई शोभा नदिने बताए । उनले महिलाका मुद्दामा लेख्ने पत्रकार महिला नै भयो भने सञ्चारमाध्यममा अझ प्रभावकारी ढंगले समेटिने बताए ।

सञ्चारिका समूह सुदूरपश्चिमका अध्यक्ष दुर्गा देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावल लगायतले बोलेका थिए । उद्घाटन समारोहमा मनिषा ढुंगानाले स्वागत गरेकी थिईन भने सीता खनालले सञ्चालन गरेकी थिईन ।

सो कार्यक्रममा टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रमलाई महासंघका पूर्वअध्यक्ष झाले सहजिकरण गरिरहेका छन । प्रशिक्षण कार्यक्रम जानकी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भैरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०७६  ११:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update