Hamro Patra
सुविधा सम्पन्न बसपार्क निर्माण हुँदै

टीकापुर, २२ चैत
टीकापुर नगरपालिकामा सुविधा सम्पन्न बसपार्क निर्माण भैरहेको छ । बसपार्कमा टर्मिनल भवन र माटो पटानीको काम धमाधम भैरहेको छ । शहरी विकास मन्त्रालयको १३ करोड लगानीमा राजेन्द्र रोयल जेभीले बसपार्क निर्माणको काम थालेको छ ।

संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढी र निर्माण कम्पनीबीच आगामी १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी माघ २ गते सम्झौता भएर माघ २८ गतेदेखी निर्माणको काम सुरु भएको छ ।

Khadga Memorial And Janajagriti

निर्माणाधिन बसपार्कमा २ तले टर्मिनल भवन, पार्किङ एरीया, गार्डेन, ४ वटा यात्रु प्रतिक्षालय लगायत निर्माण हुनेछन । दैनिक ५० वटा बस पार्किङ गर्ने क्षमता रहने संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीका प्रमुख सुरेशकुमार वाग्लेले जानकारी दिए । उनका अनुसार बसपार्क भित्र कार, जीप, मोटरसाइकल समेत पार्किङ गर्न सकिनेछ ।

व्यवस्थित बसपार्क नभएका कारण लामो समयदेखी बस व्यवशायीहरुले सडक लगायतका ठाउँमा पार्किङ गर्दै आएका थिए । टीकापुरबाट दैनिक रात्रीकालिन र दिवा सेवाका गरी करिव डेढ सय बस चल्दै आएका छन । टीकापुरबाट काठमाण्डौं, अछाम, बाजुरा, दैलेख, कालिकोट, बुटवल, नारायणगढ, सुर्खेत लगायतका ठाउँमा बससेवा चल्दै आएको छ । यसका साथै टीकापुर–धनगढी दिवा सेवाका बस हरेक १५ मिनेटमा छुट्ने गर्छन ।

टीकापुरमा सुदूरपश्चिम बस व्यवशाय समिति, कर्णाली रिभर यातायात समिति, मालिका यातायात समिति लगायतले बस सेवा सञचालन गर्दै आएका छन । पछिल्लो समयमा टीकापुरमा एसी, डिलक्स लगायतका सुविधायुक्त बस समेत सञ्चालनमा आएका छन ।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update