Hamro Patra
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० मा आज सुदुरपश्चिम र प्रदेश–१ भिड्दै

टीकापुर, माघ ७

इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ । जनता क्रिकेट पार्क क्रिकेट मैदानमा हुने फाइनलमा सुदुरपश्चिम र प्रदेश–१ बिच प्रतिस्पर्धा हुनेछ ।

Khadga Memorial And Janajagriti

फाइनल खेल दिउँसो १२ बजे सु? हुनेछ। दुबै टोली उपाधि जित्ने योजनासहित मैदान उत्रने छन् । त्यसैले फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । प्रदेश–१ ले दोस्रो सेमिफाइनलमा एपीएफ क्लबलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

सुदुरपश्चिमले पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई १८१ रनले हराएर फाइनलमा स्थान बनाएको हो । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख ?पैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले जनही २० हजार पाउनेछन् ।

प्रकाशित मिति: शनिबार, माघ ७, २०७९  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update