Hamro Patra
किसानको समस्या समाधान गर्न काँग्रेसको धर्ना

टीकापुर, असार १५
किसानलाई कृषि सामाग्री सहज रुपमा उपलब्ध गराउन माग गर्दै नेपाली काँग्रेसले आज टीकापुर नगरपालिकामा धर्ना दिएको छ । नगर कार्य समितिको अगुवाईमा धर्ना कार्यक्रम सम्पन्न भएको हो ।

धर्ना कार्यक्रम पश्चात जारी विज्ञप्तीमा काँग्रेसले किसानलाई सहज रुपमा मलखाद, बिउबिजन लगायत उपलब्ध गराउन माग गरेको छ । विज्ञप्तीमा किसानले सहज ढंगले मलखाद पाउन नसकेका कारण खेतीपाती प्रभावित भएको उल्लेख छ ।

Khadga Memorial And Janajagriti

किसानले समयमा मलखाद नपाउँदा उत्पादनमा ह्रास आउने जस्ता समस्या रहेको भन्दै विज्ञप्तीमा सरकारका कृषि उत्पादन बढाउने खालका कार्यक्रम प्रभावकारी नहुने बताईएको छ ।

नगर सभापति धनराज उपाध्यायले जारी गरेको विज्ञप्तीमा सरकार किसाका समस्या प्रति उदासिन हुनुका साथै दायित्वबाट विमुख भएको आरोप लगाईएको छ ।

काँग्रेसले सबै किसानलाई आफ्ना हकअधिकारका लागि आवाज बुलन्द पार्न आग्रह गरेको छ ।
काँग्रेसले जिल्लाका सबै स्थानीय तहमा धर्ना दिनुका साथै किसानका समस्या समाधान गर्न दवाव दिएको छ ।

प्रकाशित मिति: आइतबार, असार १५, २०७६  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update