Hamro Patra
शान्ति पत्रकारिता सम्बन्धी दुई दिने तालिम सुरु

टीकापुर, असार १०
सञ्चारिका सुदूरपश्चिमाञ्चल समूहको आयोजनामा आजदेखी टीकापुरमा दुई दिने शान्ति पत्रकारिता सम्बन्धी तालिम भएको छ ।

तालिमको एक समारोहकाबीच प्रमुख अतिथि रहेका नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलले उद्घाटन गरेका छन । तालिमको उद्घाटन गर्दै महासचिव रावलले शान्ति स्थापनामा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

Khadga Memorial And Janajagriti

उनले पत्रकारितालाई व्यवशायिक र मर्यादित बनाउन पत्रकारहरु संयम बन्नुपर्नेमा जोड दिए । उनले २०७२ भदौ ७ गतेको टीकापुर घटना पछि उत्पन्न परिस्थितिलाई सहज बनाउन टीकापुरका पत्रकारहरुले खेलेको भूमिका उदाहरणीय रहेको बताए ।

सञ्चारिका सुदूरपश्चिमाञ्चल समूहका संयोजक दुर्गा देवकोटाको अध्यक्षतामा भएको तालिमका विशिष्ट अतिथि अग्रज पत्रकार मनमोहन स्वाँरले पत्रकार जिम्मेवार ढंगले प्रस्तुत भए शान्ति स्थापनामा सहज हुने बताए । उनले विगतको द्वन्द्वकालिन अवस्थामा नेपाली पत्रकारहरुले कुशल भूमिका निर्वाह गरेर संयमताको उदाहरण पेश गरेको बताए ।

बाल कल्याण संघको सहयोगमा सञ्चालन भएको तालिममा टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका १५ जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिमलाई अग्रज पत्रकार स्वाँरले सहजिकरण गरिरहेका छन ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०७६  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update