Hamro Patra
अस्ट्रे्लियन राजदुत भल्क टीकापुरमा

टीकापुर, मंसिर २७

नेपालका लागि अस्ट्रे्लियन राजदुत फेलोसिटी भल्कले स्थानीय सरकारले नयाँ प्रविधिहरुको प्रयोगबाट नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएकी छन् ।

आज कैलालीको टीकापुर नगरपालिकाका जनप्रतिनिधिहरुसँगको साक्षात्कार कार्यक्रममा राजदुत भल्कले सो कुरामा जोड दिएकी हुन् । ‘नेपालका कतिपय नगरपालिकाहरुले नयाँ प्रविधिहरुको प्रयोग गरेर सेवा प्रवाह गरिरहेका रहेछन्’ भल्कले भनिन् ‘प्रविधिमैत्री सेवाले नागरिकलाई सेवा लिन निकै सहज हुने हुँदा प्रविधिमा जोड दिनुपर्छ ।’

Khadga Memorial And Janajagriti

उनले नगरपालिकाको नेतृत्व सबै वर्ग र समुदायलाई प्रतिनिधित्व गर्दै विकास निर्माणका काममा महत्वपूणर् भूमिका खेल्नु पर्ने जिम्मेवारी भएको बताउँदै सबैसँग सहकार्य गर्न आग्रह गरिन् ।

‘व्यक्तिगत रुपमा हामी सबैका आफ्ना संस्कार, चालचलन हुनसक्छन् तर नेतृत्वले ती सबैलाई समान किसिमले अगाडि बढाउनु पर्छ’ उनले भनिन् ‘समावेशितालाई समेत ध्यान दिएर काम गर्नुपर्छ ।’ कार्यक्रममा राजदुत भल्कले जनप्रतिनिधिहरुलाई योजना छनौट गर्दा महिलाहरुको सहभागिताका बारेमा जिज्ञासा राखेकी थिइन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रामलाल डगौरा थारुले टीकापुर नगरपालिकालाई अस्टे्रलिन एड, द एसिया फाउण्डेशन लगायतका संघसंस्थाबाट सहयोग प्राप्त भइरहेको बताउँदै आफूहरु नगरको वृहत् योजना अनुसार नै काम गरिरहेको बताए ।

‘हामी यहाँहरुकै सहयोगमा निर्माण भएको नगर वृहत् योजना अनुसार नै काम गरिरहेका छौं’ थारुले भने ‘आगामी दिनमा समेत यहाँहरुको सहयोगको अपेक्षा गरेका छौं ।’

अस्टे्रलियन सरकारका तर्फबाट टीकापुर नगरपालिकालाई विगत पाँच वर्षदेखि नगर पाश्र्वचित्र, बृहत् योजना, आर्थिक विकास रणनीति लगायतमा सहयोग गर्दै आइरहेको छ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख खड्कबहादुर शाहले द एसिया फाउण्डेशनको सहयोगमा नगरको समुचित विकासका लागि टोल विकास समितिसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए । 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत मंगलबहादुर शाहीले नगरपालिकामा सञ्चालन भइरहेका कार्यक्रम, नगरका मुख्य चुनौति लगायतका विषयमा जानकारी गराएका थिए ।

यसैबीच राजदूत भल्कसहित माइती नेपालको टोलीले सीमावर्ती खक्रौलामा रहेको माइती नेपालको सीमा कार्यालयको निरीक्षण समेत गरेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update