Hamro Patra
फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

टीकापुर, मंसिर २७

कतारमा जारी विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुने खेलमा अर्जेन्टिनाले अघिल्लो पटकको उपविजेता क्रोएसियाको सामना गर्नेछ ।

दोहाको लुसेल रंगशालामा हुने खेलमा दुवै टोली फाइनल पुग्ने रणनीति अनुसार नै मैदान उत्रिनेछन् । अघिल्लो पटक उपविजेतामै सीमित भएको क्रोएसिया यसपटक फाइनल पुगेर उपाधि उचाल्ने दाउमा छ ।

Khadga Memorial And Janajagriti

सन् २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँग १-० ले पराजित हुँदै उपविजेतामा सीमित भएको अर्जेन्टिना यसपटक च्याम्पियन बन्ने दाउमा छ । अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीको करियरको अन्तिम विश्वकप भएकाले पनि मेसी आफ्नो टिमलाई उपाधि जिताउँदै अन्तर्राष्ट्रिय खेल जीवनलाई सुखद अन्त्य गर्न चाहन्छन् ।

अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौँ पटक विश्वकपको फाइनल पुग्ने दाउमा छ । अहिलेसम्म पाँच पटक फाइनल पुगेको अर्जेन्टिनाले दुई पटक विश्वकपको उपाधि जितेको छ ।

क्रोएसिया पनि लगातार दोस्रो पटक विश्वकपको फाइनल पुग्न चाहन्छ । सन् २०१८ मा रुसमा भएको विश्वकपको फाइनलमा फ्रान्ससँग पराजित हुँदै क्रोएसिया उपविजेतामै सीमित भएकाले यो पटक फेरि फाइनल पुगेर उपाधि उचाल्ने दाउमा छ ।

यसअघि सन् २०१८ मा रुसमा भएको विश्वकप फुटबलमा क्रोएसियाले अर्जेन्टिनामाथि ३-० को जित निकालेको थियो । अहिलेसम्म अर्जेन्टिना र क्रोएसिया पाँच पटक भिडेका छन् । पाँच खेलमा क्रोएसिया र अर्जेन्टिना दुवैले दुई-दुई खेल जितेका छन् भने एक खेल बराबरीमा टुंगिएको छ ।

सन् १९९८ जुन ४ मा भएको मैत्रीपूणर् खेल गोलरहित बराबरीमा सकिएको थियो । सन् १९९८ जुन २६ मा विश्वकपको समूह चरणमा अर्जेन्टिनाले क्रोएसियामाथि १-० को जित निकालेको थियो भने २००६ मार्च १ मा भएको मैत्रीपूणर् खेलमा क्रोएसियाले अर्जेन्टिनालाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

सन् २०१४ नोभेम्बर १२ मा भएको मैत्रीपूणर् खेलमा अर्जेन्टिना २-१ ले विजयी हुुँदा सन् २०१८ जुन २१ मा विश्वकपको समूह चरणको खेलमा अर्जेन्टिनामाथि क्रोएसियाले ३-० को जित निकालेको थियो । सन् २०१८ पछि पहिलो पटक क्रोएसिया र अर्जेन्टिना एकापसमा भिड्न लागेका हुन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update