Hamro Patra
विश्वकपको क्वाटरफाइनलमा ब्राजिल र क्रोएसिया भिड्दै

टीकापुर, मंसिर २३

कतार विश्वकप फुटबलमा आजदेखि क्वाटरफाइनलका खेल सुरु हुँदैछन्। पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल शुक्रबार राति ८ः४५ मा सुरु हुँदैछ।

Khadga Memorial And Janajagriti

दोस्रो क्वाटरफाइनलमामा आजै अर्जेन्टिना र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ। यो खेल राति १२ः४५ बजे सुरु हुनेछ। क्वाटरफाइनलका अन्य दुई खेल शनिबार हुनेछन्।

शनिबारको पहिलो खेलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ। क्वाटरफाइनलको अन्तिम खेलमा शनिबार मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update