Hamro Patra
गर्मी बढेपछि विद्यालय बन्द

प्रकाश कुमार

टीकापुर, जेठ २७
अत्याधिक गर्मीका कारण कैलालीको टीकापुर नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालयहरु चार दिन बन्द हुने भएका छन् ।

Khadga Memorial And Janajagriti

गर्मीका कारण अध्ययन अध्यापनमा समस्या हुन थालेपछि विद्यालयहरु बन्द गरिने भएको हो ।

टीकापुर नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालय प्रशासन, प्रधानाध्यापक र सरोकारवाला निकायसँग छलफल गरी जेठ ३२ गतेसम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।

टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले अत्याधिक गर्मीका कारण चार दिनमा लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए ।

‘गर्मी अत्यधिक भएर विद्यार्थीको पठन पाठनमा समस्या हुन थालेपछि हामीले सरोकारवाला निकायसँग छलफल गरी चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छौं’–रावलले भने ।

टीकापुर नगरपालिकाभित्र सामुदायिक तथा संस्थागत गरी ७२ वटा विद्यालयहरु रहेका छन् । कैलालीमा पछिल्ला केही दिन यता ४१ डिग्री भन्दा बढी तापक्रम रहँदै आएको छ । अत्यधिक गर्मीका कारण दिउँसोको समयमा जनजीवन प्रभावित भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update