Hamro Patra
इजरायली राजदुत खनान टीकापुरमा

टीकापुर, मंसिर २१

नेपालका लागि इजायली राजदुत खनान गोडेरले कृषि क्षेत्रलाई व्यवशायिकरण गरे मात्रै मुलुकले आर्थिक उन्नति गर्ने बताएका छन । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायले आज टीकापुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले परम्परागत रुपमा गरिदै आएको कृषिले आर्थिक उन्नति सम्भव नरहेको बताए । 'यो इजरायलको आजको अनुभव हो’ उनले भने-ॅआर्थिक उन्नतिका लागि कृषि क्षेत्रको व्यवशायिकरण गर्नैपर्छ ।’

Khadga Memorial And Janajagriti

उनले नेपालमा बढ्दो भूखण्डिकरणले पनि कृषि क्षेत्र ओरालो लागेको बताउँदै खेतीयोग्य जमिनलाई टुक्रिनबाट रोक्नुपर्ने बताए । उनले जमिनको खण्डिकरणले प्रविधिको प्रयोग सम्भव नभएकाले कृषि पेशाको व्यवशायिकरणमा प्रविधिको प्रयोग जरुरी रहेको बताए ।

उनले भूखण्डिकरण नेपालको प्रमुख चुनौती रहेको बताउँदै राज्यका उपल्लो निकायहरुबीच समन्वय हुनु आवश्यक रहेको बताए । 'सरोकारवालाहरुबीच समन्वय छैन’ उनले भने-ॅजसका कारण दिनदिनै जमिन टुक्रिदै गएको छ । जसले प्रविधिको प्रयोग हुन सकेको छैन ।’

उनले कृषकको संख्या धेरै हुनु पनि नेपालका लागि चुनौतीको विषय भएको बताए । उनले धेरै व्यक्तिले कृषि पेशा गरेर मात्रै कृषि क्षेत्रको विकास हुन्छ भन्नु गलत भएको बताए । उनले त्यसको ज्वलन्त उदाहरण इजरायलाई हेर्न सकिने बताए । ॅहामीसँग २ प्रतिशत जनसंख्याले मात्रै कृषि पेशा गर्छन् तर तपाईहरुकोमा ६५ प्रतिशत जनसंख्या कृषि पेशामा संलग्न छ’ उनले भने -ॅतपाईहरुको र हाम्रो उत्पादनलाई हेर्नुस् । थोरै व्यक्तिले ठूलो मात्रामा कृषि पेशा गर्नुपर्छ अनि धेरै उत्पादन गर्न सकिन्छ ।’

उनले इजरायल सरकारले नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्दै आएको र आगामी दिनमा समेत सहयोग गर्न तयार रहेको बताए । उनले सहयोग आदानप्रदानका लागि सरकारबीच सम्झौता समेत भएको जानकारी दिए । उनले सहयोग आदानप्रदानका लागि आफूले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने बताए । उनले नेपाल र इजरायलको सम्बन्ध सुरु भएको ६२ वर्ष पूरा भएको बताए । उनले सन् १९६० देखी दुई देशबीच गहिरो मित्रता कायम रहेको बताए ।

उनले इजरायल सरकारले नेपालमा कृषि क्षेत्रमा मात्रै नभई पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा समेत लगानी गर्दै आएको बताए । उनले अन्य थप क्षेत्रमा समेत लगानी गर्न इजरायल सरकारले तयारी थालेको जानकारी दिए ।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. अमरराज जोशी, रजिष्ट्रार प्रा. यज्ञराज पाठक, कृषि विज्ञान संकायका डीन प्रा.डा. लालप्रसाद अम्गाई लगायतले बोलेका थिए । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले इजरायलमा पढ्न जाने वातावरण तयार भैरहेको डीन अम्गाईले जानकारी दिए । उनले अगष्ट सम्म ५० जना विद्यार्थी त्यता जाने गरी गृहकार्य भैरहेको बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update