Hamro Patra
अझै शुरु भएन नमूना ब्लक निर्माण कार्य

टीकापुर, मंसिर २१

टीकापुर नगरपालिका वडा नं. १ को ब्लक ए निर्माण कार्य अझै शुरु हुन सकेको छैन । हाम्रोपत्रसँग कुराकानी गर्दै निर्माण कम्पनी महालक्ष्मी एम.के.जेभीका सञ्चालक चक्रबहादुर शाहले मंसिर ७/८ गतेबाट निर्माण कार्य शुरु गर्ने बताए पनि निर्माण कार्य अझै शुरु हुन सकेको छैन ।

Khadga Memorial And Janajagriti

डेढ वर्षभित्र सम्पन्न गर्ने गरी तीन वर्षअघि सम्झौता गरेको निर्माण कार्य समयावधि सकिँदा समेत शुरु भएको छैन । निर्माण सामग्री जथाभावी फालिएको छ । निर्माण कार्य अलपत्र छोडेर निर्माण कम्पनीले सडकमा जथाभावी सामग्री थुपारेपछि स्थानीयलाई आवत जावतमा समस्या हुने गरेको छ ।

यसै विषयमा हामीले निर्माण कम्पनीका सञ्चालक शाहलाई मंसिर ७/८ शुरु गर्छु भन्नु भएको थियो काम शुरु भयो त ? भनेर सोधका छौं ।

https://www.youtube.com/watch?v=_HvQAB2Eysg

प्रकाशित मिति: बुधबार, मंसिर २१, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update