Hamro Patra
मृतक परिवारलाई राहत हस्तान्तरण

टीकापुर, जेठ २७
हावाहुरीका कारण मृत्यु भएका टीकापुरका कुखुरा व्यवसायी लहानु चौधरीको परिवारलाई चेक हस्तान्तरण गरिएको छ ।

नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसीले सोमवार घरमै पुगेर ५० हजारको चेक हस्तान्तरण गरे ।

Khadga Memorial And Janajagriti

चेक हस्तान्तरण गर्दै अध्यक्ष केसीले ब्यबसायी केही भएपनी राहत पुगोस भनेर चेक हस्तान्तरण गरिएको बताए ।

बिहीबार साँझ आएको हावाहुरीमा ब्यबसायी चौधरीको मृत्यु भएको थियो ।

मृतक चौधरीको घरमा भने अहिलेसम्म प्रदेश सरकारको कुनै पनि प्रतिनिधि पुग्न सकेका छैनन । हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई डेढलाख रकम दिने भनिए पनि अहिले सम्म सान्त्वना समेत दिन कोही नआएको मृतकका छोरा हरिनारायण चौधरीले बताए । उनले नगरपालिकाले भने कृया खर्छ भनेर २५ हजार दिएको बताए ।

हावाहुरी आएको वखत कुखुरा बचाउन जाँदा कुखुराको खोरको पर्खाल भत्केर टीकापुर नगरपालिका–२ राजीपुरमा चौधरीको मृत्यु भएको थियो ।

घटना हुँदा मृतकका छोरा हरिनारायण चौधरी पनि बुवा संगै थिए । उनी सामान्य घाइते छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  १८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update