Hamro Patra
कर्णाली नदीमा भेटिएको महिलाको शव अस्पतालमा
Khadga Memorial And Janajagriti

टीकापुर, जेठ २७
कर्णाली नदी किनारमा भेटिएको महिलाको शव प्रहरीले टीकापुर अस्पतालमा राखेको छ । एक महिलाको शव स्थानीयले नदीमा अड्किएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले ती महिलाको शव अर्धनग्न अवस्थामा नदीमा रहेको काठमा अड्किएको अवस्थामा भेटिएको जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार टीकापुर नगरपालिका–२ सनकट्टीघाट नजिकै नदी किनारमा अड्किएको अवस्थामा महिलाको शव भेटिएको हो ।
महिलाको शव पानीमा आधा डुबेको अवस्थामा भेटिएको थियो । प्रहरीका अनुसार महिलाको शव पानीमा बग्दै आएको अवस्थामा काठमा अड्किएको जस्तो देखिन्छ ।
करिव ३२÷३३ वर्ष उमेरको देखिने महिलाको शव चिन्न नसकिने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार ती महिलाले गुलाबी रंगको पेटिकोट र निलो रंगको ब्लाउज लगाएकी छन । शरीरमा अन्य कुनै कपडा नभएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update