Hamro Patra
विश्वकप फुटबल: आजदेखि अन्तिम १६ को खेल हुने

टीकापुर, मंसिर १७

कतारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछ । समूह चरणको खेल सकिएको भोलिपल्ट नै नकआउट चरणका खेलहरु सुरु हुन लागेका हुन् । आजदेखि सुरु हुने नकआउट चरणका खेलहरु अझै रोमाञ्चक हुने अपेक्षा छ । आज अन्तिम १६ को दुई खेल हुनेछन् ।

Khadga Memorial And Janajagriti

जहाँ समूह ए को विजेता नेदरल्याण्ड्स र समूह बी को उपविजेता अमेरिकाबीच पहिलो खेल हुनेछ । यो खेल खालिफा इन्टरनेशनल स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ ।

समूह ए मा अपराजित रहेको नेदरल्याण्ड ७ अंक जोडेर समूह विजेता बनेको थियो । समूह चरणमा नेदरल्याण्ड्सले सेनेगललाई २-० ले पराजित गर्दै विश्वकप सुरु गरेको थियो । दोस्रो खेलमा इक्वेडरसाग १-१ को बराबरी खेलेको नेदरल्याण्ड्सले तेस्रो खेलमा आयोजक कतारलाई २-० ले पराजित गरेको थियो ।

यस्तै अमेरिका समूह बी को उपविजेता बन्ने क्रममा अपराजित रह्यो । पहिलो खेलमा अमेरिकासँग १-१ को बराबरीमा रोकिएको अमेरिकाले दोस्रो खेलमा इंग्ल्याण्डलाई गोलरहित बराबरी रोकेको थियो । निणर्ायक तथा अन्तिम खेलमा इरानलाई १-० ले पराजित गर्दै अमेरिकाले अन्तिम १६मा स्थान बनाएको थियो ।

यस्तै समूह सी को विजेता अर्जेन्टिना र समूह डी को उपविजेता अष्ट्रेलियाबीच दोस्रो खेल हुनेछ । यो खेल अहमद बिन अली स्टेडियममा हुनेछ । पहिलो खेलमै साउदी अरेबियासँग अग्रता लिएर पनि २-१ ले स्तब्ध बनेको अर्जेन्टिनाले त्यसपछि मेक्सिको र पोल्याण्डलाई समान २(० को नतिजामा हराउदै ६ अंक जोडेर समूह विजेता बनेको हो ।

उता, अष्ट्रेलिया पनि समूह डी मा पहिलो खेलमै साविक विजेता फ्रान्ससँग अग्रता लिएर पनि ४-१ ले पराजित भएको थियो । तर त्यसपछि ट्युनिसिया र डेनमार्कलाई समान १-० को नतिजामा पराजित गर्दै अष्ट्रेलिया अन्तिम १६ मा पुगेको हो ।

फ्रान्स समान ६ अंक जोडे पनि गोल अन्तरमा अष्ट्रेलिया पछि रहेको हो । नेदरल्याण्ड र अमेरिका तथा अर्जेन्टिना र अष्ट्रेलियाबीच हुने खेलको विजेता पहिलो क्वाटरफाइनलमा भिड्नेछन् ।

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update