Hamro Patra
घाईते महिलालाई थप उपचारका लागि लगियो

भुवनेश्वरी शाही
बाजुरा, जेठ २७
बाजुराको बुढिनन्दा नगरपालिका–४ कुरु खोलामा ढुङ्गा झरेर घाइते भएकी सरिता रोकायालाई सुमिट एयरमार्फत उपचारका लागि लगिएको छ ।

महिनावारी भएकी रोकाया खोलामा नुहाउन जाँदा भिरबाट खसेको ढुङ्गा टाउकोमा लागेर गम्भीर घाईते भएकी थिईन । उनको उपचार कोल्टीमा सम्भव नभएका कारण सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा नेपालगंज पठाएको वडा न ४ का वडाध्यक्ष राजन कुमार रोकायाले जानकारी दिए ।

स्वास्थ्य अबस्था गम्भिर भएको हँुदा थप उपचारका लागि नगरपालिकाको साझेदारी आर्थिक सहयोग मार्फत उद्दार गरि नेपालगन्ज पुर्याएको पारिवारिक स्रोतले बताएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update