Hamro Patra
श्रीमदभागवत ज्ञान महायज्ञ सम्पन्न

 टीकापुर, २१ चैत

श्रीकृष्ण प्रणामी सेवा समिति ईकाई लम्की टीकापुरले आयोजना गरेको श्रीमदभागवत सत्पाह ज्ञान महायज्ञ आज सम्पन्न भएको छ । चैत १५ गतेदेखी टीकापुरको भानु चौक नजिकै सञ्चालनमा रहेको महायज्ञका प्रमुख वाचक पहल किशोर जी महाराज रहेका थिए ।

Khadga Memorial And Janajagriti

महायज्ञमा भक्तजनहरुबाट करिव ८ लाख रुपैयाँ आर्थिक संकलन भएको संयोजक चक्रपाणी सापकोटाले जानकारी दिए ।

महायज्ञका क्रममा कलाकारहरुले विभिन्न साँस्कृतिक भक्तिगानका साथै नाटक समेत प्रस्तुत गरेका थिए । ७ दिनसम्म चलेको महायज्ञमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, चैत २१, २०७५  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update