Hamro Patra
छ लेन सडक–५ः विद्युत पोलको काम गर्दै निर्माण कम्पनी

टीकापुर, मंसिर १३

टीकापुर नगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने छ झण्डै २ किलोमिटर लेन सडक निर्माणको काम शुरु भएको छ ।

निर्माण कम्पनी रमण केएस जेभीले सडक निर्माणको काम शुरु गरेको हो । निर्माण कम्पनीका अनुसार सडकको दुबै किनारमा पर्ने विद्युतका पोल फेर्ने र तार तान्ने काम भइरहेको छ ।

Khadga Memorial And Janajagriti

टीकापुर बजारको जमरा पुलदेखि बसपार्कसम्मको सडकमा विद्युतको ३३ शय केभी प्रसारण लाइनका ९ वटा टावर पोल र ७ वटा फलामे पूरानो पोल थिए । विद्युतले ती पोल हटाउन ढिलाई गर्नाले समेत सडक निर्माणको काममा बाधा पुगेको थियो ।

विद्युत पोलको काम गरिरहेका निर्माण व्यवसायी कुलराज भट्टराईले ३३ शय केभी प्रसारण लाइनका ९ वटा टावर पोल र ७ वटा फलामे पोल फेरेर स्टिल पोल गाड्ने काम सकिएको बताए ।

‘निर्माण कम्पनी रमण केएस जेभीसँग हामीले गरेको सम्झौता अनुसार हामीले ती पोलहरु हटाएर नयाँ गाडेका छौं’ भट्टराईले भने ‘सडकको पश्चिमतर्फ पर्ने ११ केभीको लाइन भने टेलिफोन, केवल प्रसारण लाइनका कारण ढिलाई भइरहेको छ ।’

जमरा पुलदेखि ब्लक नं. १३ सम्म पर्ने १९ वटा पोलमा नेपाल टेकिलम, केबल प्रसारण लाइन र इन्टरनेट सेवा प्रदायक कम्पनीका तारहरु रहेका छन् ।

‘सम्बन्धित निकायले तार हटाए दुई दिनमै ११ केभीको लाइन समेत सकिन्छ’ भट्टराईले भने ‘तपाईहरुले भिडियो प्रसारण गरेपछि निर्माण कम्पनीका प्रतिनिधि आएर हामीसँग सम्झौता भएको हो, अब टेलिकमलाई पनि दबाव दिन आवश्यक छ ।’

निर्माण कम्पनीले विद्युतको पोल सार्न ढिलाई गर्दा सतही ढल निकासको काम समेत प्रभावित भएको बताइन्छ । मुख्य सडकको किनारबाटै निर्माण हुनुपर्ने सतही ढल विद्युतको पोलका कारण निर्माण हुन सकेको छैन ।

‘समयमै विद्युतको पोल नसर्ने हो भने चैत्र वैशाखमा हामी व्यवसायीलाई धुलोले हैरान गर्छ’ टीकापुरका व्यवसायी वीरेन्द्र रावलले भने ‘छ लेन सडक पूर्णरुपमा सम्पन्न गर्नका लागि समेत सतही ढल निर्माण हुनुपर्छ । ढलका लागि समेत विद्युत पोल र तारहरु समयमै व्यवस्थित गर्न आवश्यक छ ।’

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनगढीबाट निर्माण भइरहेको सडक स्मार्ट सिटी कार्यक्रममा पर्छ ।

२०७५ असोज ११ गते शुरु भएको दुई लेन सडक २०७७ फागुन ७ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी दुई वर्षका लागि सम्झौता भएको थियो । संघीय सरकारको २० करोड रूपैयाँको लागतमा निर्माण हुने जमरा पुलदेखि बसपार्कसम्मको २ दशमलव ३ किलोमिटर छ लेन सडक चार चार वर्ष बितिसक्दा समेत पूरा हुन नसकेको विषयलाई www.hamropatra.com डटकमले निरन्तर प्रकाशित तथा प्रसारण गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update