Hamro Patra
ससुरा बुहारीको संसद यात्रा

टीकापुर, मंसिर ९
निलम्वित सांसद रेशमलाल चौधरीका बुबा र श्रीमतीले संसदको यात्रा तय गरेका छन्। मंसिर ४ गते सम्पन्न आमनिर्वाचनमा उनका बुबा लालविर चौधरी र श्रीमती रञ्जिता श्रेष्ठ प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन।

चौधरी बर्दियाको क्षेत्र नं. २ बाट २६ हजार ५२० मत सहित विजयी भएका हुन भने श्रेष्ठ कैलाली क्षेत्र नं. १ बाट विजयी भएकी हुन। चौधरी स्वतन्त्रबाट चुनाव लडेका थिएभने श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष हुन। उनी सोही पार्टीको चुनावचिन्ह ढकियाबाट चुनाव लडेकी थिईन।

Khadga Memorial And Janajagriti

टीकापुर घटनामा दोषी ठहर भै हाल जेल जीवन बिताईरहेका रेशमलालले बर्दिया क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गरेका थिए। निर्वाचनआयोगले उनको उम्मेदवारी खारेज गरेपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका चौधरीलाई समर्थन गरेको थियो।

स्वतन्त्रबाट चुनाव लडे पनिनागरिक उन्मुक्तिको समर्थन पाएका चौधरीले प्रतिस्पर्धी भन्दाझिनो मतान्तरले चुनाव जितेका छन। उनले निकटतम प्रतिस्पर्धी भन्दा१३६ बढी मतले जितेका छन।

उनका निकटतम प्रतिस्पर्धी नेकपामाओवादीका सुरेश पन्थले २६ हजार ३८४ मत पाएका छन।

यता कैलाली क्षेत्र नं. १ बाट सानदार जित हात पारेकी श्रेष्ठले पतिको बिरासत जोगाउन सफल भएकी छन। उनी निकटतम प्रतिस्पर्धी भन्दा १२ हजार ३२३ मतान्तरले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सहायक निर्वाचन अधिकृत लक्ष्मी ओडका अनुसार श्रेष्ठले ३० हजार ४०४ मत पाएकी छन। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका पूर्वमन्त्री रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन।

२०७४ को आमनिर्वाचनमा रेशमलाल कैलाली क्षेत्र नं. १ बाट भूमिगत अवस्थामै चुनाव लडेर विजयी भएका थिए। उनले ३४ हजार ३४१ मत ल्याएर विजयी भएका थिए। उनी तत्कालिन अवस्थामा राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका हुन।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update