Hamro Patra
सुनचाँदी व्यवशायीको कार्य समिति चयन

टीकापुर, जेठ २६
कैलाली सुनचाँदी आभुषण व्यवशायी संघ टीकापुरको दोस्रो साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । साधारण सभाले देवबहादुर सुनारको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा अर्जुन गहतराज, महासचिवमा तुला शाहु, सचिवमा रुपलाल तिरुवा र कोषाध्यक्षमा शंकर शाहु चयन भएका छन । त्यसैगरी संस्थाको सदस्यहरुमा गोविन्द शाहु, सुशील विक, केशव खाती, योगेश सदाशंकर, दीपक माल्टी रहेका छन ।

Khadga Memorial And Janajagriti

साधारण सभाको प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवशायी महासंघका क्षेत्रीय उपाध्यक्ष गुमानसिँह हिमाल रहेका थिए ।

 

प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update