Hamro Patra
कैलाली ३ मा नागरिक उन्मुक्तिको जीत निश्चित

टीकापुर, मंसिर ६

कैलालीको मध्यवर्ती क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी जित नजिक पुगेका छन् । ५५ हजार ५५२ मत गणना हुँदा गंगारामले २० हजार २२३ मत ल्याएका छन् ।

Khadga Memorial And Janajagriti

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार गणना हुन बाँकी करीब पाँच हजार मत हुँदा प्रतिद्वन्द्वीसँगको मतान्तर पाँच हजारभन्दा बढी भएकाले उनको जित सुनिश्चित जस्तै भएको हो ।

उनीसँग नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी प्रतिस्पर्धा गरिरहेका छन् । उनले १४ हजार ९४६ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेकाका गौरीशंकर चौधरीले ८ हजार २६९ र राप्रपाका वीरेन्द्र बमले ६ हजार ६२९ मत ल्याएका छन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर ६, २०७९  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update