Hamro Patra
एभरेष्ट सहकारीको साधारण सभा

टीकापुर, जेठ २६
टीकापुरस्थित एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दुर्गा शाहुको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका साँसद उमादेवी बादी रहेकी थिईन । सो अवसरमा संस्थाले साँसद बादीलाई सम्मान समेत गरेको छ ।

CMA Staff

साधारण सभामा कैलाली सुनचाँदी आभुषण व्यवशायी संघ टीकापुरका अध्यक्ष देवबहादुर सुनार, रेडक्रस टीकापुरका सभापति जगदीश्वर पण्डित, जागरुक नागरिक कृषि बचत सहकारीका अध्यक्ष भक्तबहादुर विक, समाजसेवी मोहन शर्मा र दीर्घ तिरुवा लगायतले बोलेका थिए ।

संस्थाका उपाध्यक्ष हरीबहादुर सुनारले स्वागत गरेको कार्यक्रम सचिव थुम्मन विकले सञ्चालन गरेका थिए । सो अवसरमा संस्थाका प्रबन्धक मेघराज शाहुले आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update