Hamro Patra
कैलाली १ प्रदेश २ मा ५५ प्रतिशत मत खस्यो

टीकापुर, मंसिर ४

कैलाली क्षेत्र नं. १ प्रदेश २ मा करिब ५५ प्रतिशत मत खसेको छ । आज सम्पन्न भएको मतदानको प्रारम्भिक विवरण अनुसार प्रदेश २ मा २९ हजार ८ शय ३७ मत खसेको छ । प्रदेश २ मा कुल मतदाता संख्या ५४ हजार १ शय २२ रहेको थियो ।

Khadga Memorial And Janajagriti

निर्वाचनमा खटेका कर्मचारी, राजनीतिक दलका प्रतिनिधिहरुबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार करिब ५५ प्रतिशत मत खसेको हो ।

टीकापुर नगरपालिकाका ९ वटै वडा रहेको प्रदेश २ मा सबैभन्दा बढी मतदाता वडा नं. १ मा रहेका थिए । वडा नं. १ मा २२ हजार ४ मतदाता रहेकोमा ११ हजार ३ शय ५० मत खसेको छ ।

वीरेन्द्र विद्यामन्दिर उच्च माविमा ७ हजार ३ शय ५४ मतदाता रहेकोमा ३ हजार ८ शय ७९ मत खसेको छ । त्यस्तै खड्ग स्मृति माविमा ८ हजार ५ शय ७८ मतदाता रहेकोमा ४ हजार ३ शय ७१ मत खसेको हो । त्यस्तै यही निर्वाचनबाट थपिएको मतदान स्थल टीकापुर बहुमुखी क्याम्पसमा कुल ६ हजार ७२ मतदाता रहेकोमा ३ हजार १ शय मत खसेको छ ।

त्यस्तै वडा नं. २ को जनजागृति मावि सीतापुरमा कुल ५ हजार ४ शय ७९ मतदाता रहेकोमा २ हजार ९ शय ४० मत खसेको छ ।

 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update