Hamro Patra

टीकापुर, जेठ २६
कैलालीको लम्की चुहा नगरपालिका–४ कौवापुरमा नगरपालिकाको ट्याक्टरले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ ।

लम्की चुहा नगरपालिकाको अनटेस्ट ट्याक्टरले ठक्कर दिँदा सोही नगरपालिका–५ चौंरीकी २९ वर्षीया भूमी भुसालको ज्यान गएको हो ।

Khadga Memorial And Janajagriti

इलाका प्रहरी कार्यालय लम्कीले दिएको जानकारी अनुसार कौवापुरको जंगलबाट दाउरा ल्याएर फर्किंदै गरेकी भुसाललाई ट्याक्टरले ठक्कर दिएको हो ।

ट्याक्टरको ठक्करबाट भुसालको घटनास्थलमै ज्यान गएको हो । नगरपालिकाको ट्याक्टरले ठक्कर दिँदा भुसालको ज्यान गएपछि स्थानीयबासीले क्षतिपूर्तिको माग गर्दै शव उठाउन दिएका छैनन् । घटना स्थलमा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update