Hamro Patra
अन्डर–१५ महिला साफ फुटबलका खेलाडीलाई स्वागत

टीकापुर, मंसिर ३

बङ्गलादेशमा हालै सम्पन्न अन्डर–१५ महिला साफ फुटबल च्याम्पियनसिप २०२२ मा नेपालको तर्फबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने कैलालीका दुई खेलाडीलाई गृहनगरमा भव्य स्वागत गरिएको छ ।

Khadga Memorial And Janajagriti

लम्की चुहा नगरपालिका वडा नं. १ स्थित बालकल्याण मा.वि. मा कक्षा १० मा अध्ययनरत खेलाडी वर्षा ओली र भूमिका बुढाथोकीलाई स्थानीयले भव्य स्वागत गरेका    हुन् ।

नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण खेल प्रदर्शन गरेका उनीहरु शनिवार घर फर्किएसँगै उनीहरुलाई स्वागत गरिएको हो ।

विद्यालयका शिक्षक रंगप्रसाद तिमिल्सेनाले फुटबल खेलका माध्यमबाट नेपाललाई चिनाउन सफल विद्यालयका दुई खेलाडीलाई घरआँगनमै स्वागत गरिएको बताए ।

यसबिच लम्की चुहा नगरपालिकाका नगर प्रमुख सुशीला शाहीले समेत ओली र बुढाथोकीलाई उनीहरुकै घरमा पुगेर माला, खादा लगाएर स्वागत गरिएको तिमिल्सेनाले बताए ।

वर्षाले खेलेको पहिलो खेलमा भुटानविरुद्ध ४ गोल र बंगलादेश विरुद्धको खेलमा १ गोल गर्दै नेपाललाई फाइनलमा पुर्याएकी थिइन् ।

प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update